पूर्व राजा ज्ञानेन्द्र शाह पोखरामा, पोखरामा भब्य स्वागत (फोटो र भिडियो)

पोखरा, २ पुष /अग्रेजी नयाँ वर्ष मनाउन पूर्व राजा ज्ञानेन्द्र शाह पोखरा पुगेका छन् । पूर्वरानी कोमल शाहसंगै बुद्ध एयरको विमानबाट उनी साढे १२ बजे पोखरा पुगेका हुन् ।

शाहलाई पोखरा विमानस्थलमा उनका समर्थकहरुले भब्य स्वागत गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी, शिवसेना लगाएतका राजनीतिक पार्टी र पूर्व राजाका शुभचिन्तकहरुले फूलमाला र पञ्चेबाजाले स्वागत गरे । पूर्व राजा शाह विमानस्थलदेखि मुस्ताङ चोकसम्म पैदल हिडेर शुभेच्छुकहरुसँग भेटघाट गरेका थिए ।

उनलाई २१ किलोको माला लगाएर स्वागत गरे पनि माला भने लगाएनन् । दुई सातासम्म उनी पोखरामै बस्नेछन् । केही राजनीतिक कर्मीसँग भेटघाट र छलफल पछि नयाँ बर्ष मनाएर उनी काठमाण्डौं फर्कने कार्यक्रम रहेको बताईएको छ । निजी भ्रमणका लागि पोखरा आएको पूर्वराजाका संवाद सचिव डा. फणिराज पाठकले जानकारी दिए ।

उनको भ्रमणको चाँजोपाँजो मिलाउन भिआईपी टोली केही दिनअघि नै पोखरा आईपुगेको थियो । आउजाउ गर्न गाडी समेत काठमाण्डौंबाटै ल्याईएको छ भने उनको सुरक्षाको टोली समेत काठमाण्डौंबाटै आए छन् । उनी पोखरा २१ स्थित दोविल्लामा रहेको माउटेन ग्लोरी रिर्सोटमा बस्नेछन् ।

तस्बिरहरुः प्रदिप पौडेल
पूर्व राजा ज्ञानेन्द्र शाह पोखरामा, पोखरामा भब्य स्वागत

कमेन्टहरु
Loading...