कास्कीमा बस दुर्घटना हुदाँ ११ जना घाइते

पोखरा, ५ मंसिर / कास्कीको अन्नपूर्ण गाउँपालिका ४ सल्यान देखि पोखरा आउँदै गरेको ग १ ख ३७७६ नम्बरको बस काँडे–भदौरे सडक खण्ड अन्तर्गत पर्ने थामाको डाँडामा दुर्घटना भएको छ ।

बस दुर्घटना हुदाँ ११ जना घाइते भएका छन् । बसमा २२ जना सवार थिए भने बस ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।

घाइते सबैको मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको अवस्था मध्यम रहेको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...