अन्नपूर्ण हिमाल चढेर फर्कने क्रममा एक विदेशी बेपत्ता, सिम्रिक एयरबाट उद्दार हुँदै

पोखरा, १२ बैशाख /अन्नपूर्ण हिमाल चढेर आधार शिबिरबाट फर्कने क्रममा एक विदेशी नागरिक बेपत्ता भएका छन् ।

अन्नपूर्ण १ को सफल आरोहरण गरेर फर्कने क्रममा मलेसियन नागरिक वि किन चिन दुई दिनदेखि बेपत्ता भएका हुन् । उनको खोजी र उद्दार गर्न सिम्रिक एयरलाइन्सको २ वटा हेलिकोप्टर त्यसतर्फ गएका छन् ।

पहिलो हेलिकप्टरले बेपत्ता विकिनलाई जिवितै देखे पछि अर्को हेलिकप्टरबाट उद्धारका लागि सामग्री र टोली नै त्यहाँ पुगेको हो । उनको उद्दारका लागि पोखरा र काठमाडौंबाट हेलिकोप्टर अन्नपूर्ण तर्फ गएको थियो ।

कमेन्टहरु
Loading...