राजकुमार ह्यारी नाटक नदेखाऊ ः गेसो सभापति गुरुङ

पोखरा, ७ चैत/गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का केन्द्रीय सभापति पदमबहादुर गुरुङले नेपालप्रति सहानुभुतिको नाटक नदेखाउन बेलायती राजकुमार ह्यारीलाई चेतावनी दिनुभएको छ । गेसोले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा  गुरुङले नेपाली युवालाई अबैधानिक रुपले भर्ती गराएर साठी हजार भन्दा बढी गोर्खा सैनिक मारिदासम्म त्यसको खोजि समेत नगर्ने र क्षेतिपूर्ति पनि नदिने बेलायतका राजकुमारले अहिले नेपाल र पुर्व गोर्खा सैनिकप्रति सहानुभुति देखाउन खोज्नु नौटंकी मात्रै भएको भन्दै उहाँले त्यस्तो नाटक नदेखाउन चेतावनी दिनुभएको हो ।

राजकुमार ह्यारी नाटक नदेखाऊ ः गेसो सभापति गुरुङ
राजकुमार ह्यारी नाटक नदेखाऊ ः गेसो सभापति गुरुङ

बेलायती राजकुमार ह्यारीले भुकम्प पीडित जनतालाई भेट्ने र गोर्खा सैनिकमा गएकाहरुको गाउँबस्ती अवलोकन भ्रमण गर्ने खबर सुनेपछि आक्रोसित भएका उहाँले यसलाई नाटकको संज्ञा दिनुभएको हो।

नेपाल–बेलायत सम्बन्धको दुई सयौं वर्षगाँठ मनाउनुको कुनै औचित्य नभएको भन्दै उहाँले नेपाल र बेलायतबीच गोरखा भर्तीका लागि कहिल्यै आधिकारिक सम्झौता नभएको, दुई वर्ष बर्बादीको वर्ष भएको उहाँको भनाई थियो । सभापति गुरुङले भन्नुभयो, ‘नेपाल र बेलायतबीच कहाँ छ मित्रता ? साठी हजार गोर्खा सैनिक मारिदासम्म यसको खोजिनीति छैन, क्षेतिपूर्ति पनि दिएको छैन, यस्तो अमानवीय व्यवहार गर्ने देशसँग कसरी हुन्छ मित्रता ? नो मित्रता ।’ उहाँले नेपालको सार्वभौम सत्ता हस्तक्षेप गर्ने बेलायतले मित्रताको कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गर्नुभयो ।

गेसो सभापति गुरुङले बेलायती राजकुमार ह्यारीले गोर्खा भर्ति गर्नु पूर्व गाउँबस्ती र संस्कृति जस्तो थियो त्यस्तै बनाउने प्रतिबद्धता व्यक्त गर्नुपर्ने दोहोर्याउनुभयो । उहाँले भन्नुभयो,–‘छाती नापी नापी युवा जति सबै लगे, जसले गर्दा गाउँबस्ती उजाड भए, संस्कृति लोप भयो, अब बेलायतले त्यो गाउँबस्ती र संस्कृति जस्ताको तस्तै बनाउन लगानी गर्नुपर्छ, त्यसको प्रतिबद्धता बेलायती राजकुमारले यहि भ्रमणमा गर्नुपर्छ, अन्यथा गोर्खा सैनिकलाई धन्यवाद मात्रै दिएर फर्किए भने त्यसको कुनै औचित्य हुँदैन, त्यो सब नौटंकी मात्र हुनेछ ।’ नेपालले बेलायतसँगको मित्रताबाट दासता, अन्याय, धोकादायी, शोषण, मानव तस्करी, मानव बेचबिखन मात्रै भइरहेको भन्दै यसलाई बर्बादीको दुइसय वर्षको संज्ञा दिएर यसको किन खुशीयाली साट्ने ? भन्ने गेसोले प्रश्न उठाएको जानकारी दिनुभयो ।

सभापति गुरुङले मारिएका गोर्खा सैनिकको संख्या कति हो ? र उनीहरु वैध थिए वा अवैध त्यसको जवाफ पनि बेलायतले दिनुपर्ने माग गर्नुभयो । उहाँले गेसोले उठाएका मागहरु समेटिएको ज्ञापनपत्र बेलायती राजदुतावास मार्फत बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई चैत ५ गते शुक्रबार पठाएको पनि जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...