गण्डकी प्रदेशका विभिन्न ठाउँम दुर्घटना हुदाँ १ को मृत्यु तीन घाइते

पोखरा, २७ पुस /गण्डकी प्रदेशका विभिन्न ठाउँमा भएका दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
तनहुँको बन्दिपुर गाउँपालिका ४ स्थित पिप्ले स्थित डुम्रे बन्दिपुर भित्रि सडक खण्डमा बस व्याक गर्ने क्रममा बसले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।

ग१ख ४६५८ नम्बरको बसले ब्याक गर्ने क्रममा सोहि स्थान बस्ने वर्ष १५ को बिश्वाश थापालाई ठक्कर दिँदा घाईते भई उपचारको लागि बन्दीपुर अस्पताल लगेकोमा डाक्टरले मृतक घोषणा गरेका थिए । त्यसै गरि ब्यास नगरपालिका १२ छिर्कने स्थित पृथ्वीराजमार्गमा दमौलीबाट डुम्रे तर्फ जादै गरेको बा १ झ ८८४१ नम्बरको गाडीलाई बिपरित दिशाबाट जाँदै गरेको ना ४ च ३०५५ नम्बरको जिपले ठक्कर दिँदा दुर्घटना भएको छ ।

दुर्घटनामा परि बा १ झ ८८४१ को गाडीमा सवार जिल्ला सप्तरी राजबिराज नगरपालिका ६ बस्ने ४७ बर्षकी सुनिता यादब घाईते भएकी छन् । त्यसै गरि गैडाकोट नगरपालिका ४ स्थीत टायम्स फर्मा नजिक पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको लु ४३ प ७९६३ नम्बरको स्कुटरले पैदललाई ठक्कर दिँदा नवलपरासी गैडाकोट नगरपालिका ४ बस्ने २७ बर्षियकि हरीमाया सिंजाली र १२ बर्षकी सुना थापा घाईते भएका छन् ।

कमेन्टहरु
Loading...