गण्डकी प्रदेश स्तरीय पोखरा स्पोर्टस अवार्ड जेठ अन्तिम साता

पोखरा, २ जेठ /गण्डकी प्रदेश स्तरीय पोखरा स्पोर्टस अवार्डको जेठ अत्तिम साता हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस अवार्ड २०७५ जेठ २४ गते हुने पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

यस अघि स्पोर्टस अवार्ड कास्की जिल्ला स्तरीय हुदै आएकोमा यस वर्ष देखि मञ्चले गण्डकी प्रदेशका ११ जिल्ला कायम हुने गरी अवार्डको तयारी मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिए ।

यस वर्ष देखि पपुलर प्लेयर अफ दी इयर थप गरी ८ विधामा अवार्ड प्रदान गर्न लागेको अध्यक्ष गिरीले बताए । लाइफ टाइम अचिभमेन्ट अवार्ड, उत्कृष्ट वर्ष खेलाडी पुरुष र महिलाले क्रमश टीभीएस अपाचे मोटर साइकल र महिलाले विगो स्कुटर पाउँने छन् ।

वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संस्था, वर्ष पपुलर प्लेयर अवार्ड र वर्ष उत्कृष्ट पत्रकारिता अवार्ड प्रदान गरिने गिरीले जानकारी दिए । उनले वर्ष उत्कृष्ट खेल संस्थालाई १० हजार नगद, ट्रफि र अन्य विधिमा १५ हजार नगद, ट्रफि र दोसल्लाले सम्मान गर्ने जानकारी दिए ।

पोखरा सभागृहमा अवार्ड कार्यक्रममा विविध संस्कृतिक कार्यक्रम, खेलाडी ¥याम्प, बिभिन्न खेल कौसल प्रदर्शनी समेत हुने प्रचार संयोजक विजय नेपालले जानकारी दिए । वर्ष खेलाडीको पुरस्कार मुख्य प्रायोजक बतास ब्रदर्श प्रालिले गरेको सन्तोष पोख्रेलले जानकारी दिए ।

कमेन्टहरु
Loading...