गण्डकी प्रदेशले ५ प्रकारका सडक बनाउने (कस्तो मापदण्ड)

पोखरा, १६ कार्तिक /गण्डकी प्रदेश सरकारले निर्माण गर्ने सडकको मापदण्ड बिहीबार कायम गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले सडकको कालोपत्रे, नालि र दायाँबायाँको मापदण्ड कायम गरेको हो । गण्डकी प्रदेशभित्र ५ प्रकारका तोकेको छ ।

मुख्य प्राथमिकताका साथ अघि सारिएको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रम अन्तर्गत प्रदेशभित्रका ३६ वटै निर्वाचन क्षेत्रमा ३६ वटा मुख्य सडक तयार हुनेछन् । यसको चौडाई नालिबाहेक ७ मिटर हुनेछ भने कम्तिमा ६.२५ मिटर कालोपत्रे गर्नुपर्नेछ । राईट अफ वे चाहीँ ३० मिटर कायम गरिएको छ । ‘प्रादेशिक सडक’ (क) बर्गका लागि पनि एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अनुसार नै रहनेछ ।

‘प्रादेशिक सडक’ (ख) बर्गका लागि चौडाई कम्तिमा ५.२५ मिटर हुनुपर्ने र साढे ४ मिटर कालोपत्रे गर्नुपर्ने प्रावधान बनाईएको छ । यसको राईट अफ वे चाहीँ २० मिटर कायम गरिएको छ । ‘प्रादेशिक सडक’ (ग) बर्गका लागि पनि (ख) बर्गको जस्तै मापदण्ड छ ।

‘साझेदारी सडक’ का लागि तराईमा ५ मिटर चौडा र ४.२५ मिटर कालोपत्रे हुनुपर्ने तथा पहाडका लागि ४.५ मिटर चौडा र ४ मिटर कालोपत्रे हुनुपर्ने नियम बनाईएको छ । राईट अफ वे चाहीँ कम्तिमा १५ मिटर दायाँ बायाँ हुनुपर्ने ब्यवस्था गरिएको छ । सरकारले प्रदेशभित्र निर्माण हुने पुलको पनि मापदण्ड तयार गरेको छ ।

‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रम र ‘प्रादेशिक’ (क) बर्गका सडक भित्र पर्ने पुलहरु कम्तिमा साढे ७ मिटर चौडा हुनुपर्ने ब्यवस्था छ भने ‘प्रादेशिक’ (ख) र (ग) बर्गका सडक तथा ‘साझेदारी सडक’ हरुमा बन्ने पुलहरु कम्तिमा ६ मिटर चौडा हुनुपर्ने नियम बनाईएको सरकारका प्रबक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

कमेन्टहरु
Loading...