पूर्व राजा ज्ञानेन्द्र पोखरमा भेटघाट र पूजाआजामा व्यस्त

पोखरा, ७ पुस/पूर्व राजा ज्ञानेन्द्र शाहले पोखरेली जनताको माया, ममता र सद्भावले आफू पटक पटक पोखरा आएको बताएका छन् । पोखराको विन्ध्यवासिनी मन्दिरमा शनिबार दर्शन गर्न गएका पूर्व राजा ज्ञानेन्द्रले सबैको सत्कारले बारम्बार आउने गरेको बताए ।

उनले पोखरामा धेरै मठ मन्दिर पनि रहेका र यहाँको सुन्दरताका कारण आफू पोखरा पटक पटक आउने गरेको उल्लेख गरे । पोखरेली जनताले पूर्व राजा ज्ञानेन्द्रलाई स्वागतका लागि पोखराको नालामुखदेखि विन्ध्यवासिनी मन्दिरसम्मको करिब एक किमी क्षेत्रमा लामबद्ध थिए ।

पोखराका विन्ध्यवासिनी मन्दिरमा बिहान ११ बजे पूर्व राजा ज्ञानेन्द्रले पूर्व रानी कोमल शाहसँगै मन्दिर दर्शन गरे । उनले मन्दिरमा करिब २० मिनेटसम्म पूजाआजा गरेका थिए । पूर्व राजा ज्ञानेन्द्रको स्वागतको लागि पञ्चेबाजा र झाँकीसमेत प्रदर्शन गरिएको थियो ।

गत पुस २ गते पोखरा आएका उनले यहाँ रहँदा विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरुलाई समसामयिक परिस्थितिबारे छलफल गर्दैआएको बताइएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापा सगँ पनि शुक्रबार पोखरामै छलफल गरेका थिए । उनीहरुले गणतन्त्र मुर्दावाद, राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, टोलटोलमा हल्ला छ, राजा ल्याउने सल्लाह छ लगायत नाराबाजी गरेका थिए ।

उनको स्वागतका लागि राप्रपा, शिवसेना, पूर्व पञ्चहरु सक्रिय छन् । पूर्व राजालाई हेर्नका लागि सर्वसाधारणको ठूलो भीडसमेत लागेको थियो । नालामुखदेखि मन्दिरसम्मको सडकमा यातायात आवागमन नै बन्द गरेर उनको स्वागत गरिएको थियो । नितान्त व्यक्तिगत भ्रमणमा पोखरा आएको बताउने उनी पोखरामा २ सातासम्म बस्ने र विभिन्न मठ मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ ।

पूर्व राजा ज्ञानेन्द्र शाह पोखरामा, पोखरामा भब्य स्वागत (फोटो र भिडियो)

कमेन्टहरु
Loading...