फेक रेस्क्यूका दोषीलाई कारबाही गर्न पर्यटन व्यवसायीको माग

श्याम राना

पोखरा, २५ भदौ/नेपालमा आएका पर्यटकहरुको फेक रेस्क्यू गर्नेहरुलाई पोखराका पर्यटन व्यवसायीहरुले

कार्वाहीको माग गरेका छन् । सोमबार पोखराका पर्यटन व्यावसायीले फेक रेस्क्यूका दोषीलाई तत्काल कार्वाही

गर्न माग गरेका हुन् । कार्वाही नगर्दा नेपाल आउने पर्यटकहरुले बुकिङ क्यानिसल गर्न थालेको भन्दै तत्काल

कावाहीको माग गरे ।

सरकारले दोषी पत्ता लगाई सकेपछि पनि कारबाही गर्न नसकेकोमा व्यावसायीले आक्रोश पोखे । यस्तो हुदै जाने

हो भने नेपालमा पर्यटनको सख्या ह्वातै घट्ने बताए । पर्यटन नै सकिने अवस्था छ । भन्छन्, ‘पर्यटन नै सकिए के

गर्ने ?’ नेपाल पर्यटन बोर्डका पुर्व सदस्य गणेश भट्टराईले पर्यटन नै सकिए रोजगारी नै सकिने बताउँ छन् ।

संजाल नै मिलेपछि हाम्रो केही नलाग्दो रहेछ पर्यटन व्यवसायी सोम थापा भने ‘एकै दिनमा ६२ लाखको फेक

रेस्क्यू गरेको उदाहरण छ । एउटै हेलिकप्टर २० चोटी रेस्क्यू गरेका छन् । साहसिक पर्यटकका लागि नेपाल

आउँने उनको भनाई छ । हेलिकप्टर रेस्क्यू, उपचार खर्च फेक बनाएर इन्सुरेन्सबाट पैसा तान्ने गरेको उनले बताए

। ब्रिटिस, अमेरिका, अष्ट्रेलिया लगायतका देशले इन्सुरेन्स नभए पर्यटकलाई ति देशमा जाने अनुमति नै नदिने

गरेको बताए ।

अन्र्तराष्ट्रिय स्तरका लागि यो पोजेटिभ म्यासेज नभएको टान पश्चिमाञ्चल क्षेत्रिय संघका निर्वतमान अध्यक्ष दिपक

अधिकारीको बताए । उनले ‘नेपालमा फेक रेस्क्यु रहि रहे कुनै पनि पर्यटक आउँदैनन् ।’ साहसिक पर्यटन र

पदयात्राका लागि पर्यटक नेपाल आउँछन् । पर्यटकलाई आकर्षीत गर्न पहल गर्नुको सट्टा डोजर लगाएर पदमार्ग

भत्काएको भन्दै उनले आक्रोश पोखे । ‘साहसिक पदयात्राका लागि पर्यटक नेपाल आउँछन्,’ भन्छन्, ‘भएको

संरचनामा पनि डोजर लगाए पछि पर्यटनको कसरी विकास हुन्छ ?’

रेवान पोखराका पुर्व अध्यक्ष गोपी भट्टराईले ग्रुप बनाएर भएको यस्तो फेक रेस्क्यूमा मिलेमतो गर्नेलाई तत्काल

कार्वाही गर्ने माग गरे ।

कमेन्टहरु
Loading...