जग्गा भाडामा लिन निती बन्ने, स्वदेशी सामग्री प्रयोग गर्नु पर्ने, पर्यटनलाई २ अर्ब

काठमाडौं, १५ जेठ/अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै जग्गा भाडामा लिई कृषी तथा अन्य व्यवसाय गर्ने ब्यवस्था गर्ने बताएका छन् ।

पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि २ अर्ब ६८ करोड रुपैयाँ बजेट छुट्याइएको प्रस्तुत गरे । बन्द तथा रुग्ण उद्योगलाई सहकारी र निजी क्षेत्रसँग मिलेर सञ्चालन गरिने योजना छ ।

नेपाली उत्पादन सामग्री, सिमेन्ट, डण्डी र रङ सकभर नेपाली उत्पादन नै प्रयोग गर्ने घोषणा गरे । औद्योगिक पुर्वाधार विकासका लागि २ अर्ब ८७ करोड छुट्याइएको बताए ।

कमेन्टहरु
Loading...