Ganthan News Pokhara
All news from Pokhara & around

विप्लवले शनिबार घोषणा गरेको नेपाल बन्द फिर्ता

विप्लव
0

पोखरा, १३ चैत /नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शनिबार घोषणा गरेको नेपाल बन्द फिर्ता लिएको छ । सोमबार विज्ञप्ति जारी गर्दै चैत १६ गते नेपाल बन्दको घोषणा गरेको विप्लवको पार्टीले बुधबार बन्द फिर्ता लिने निर्णय गरेको हो ।

सरकारले पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि नेपाल बन्द घोषणा गरेकै दिन नेपाल बार एसोसिएसनको चुनाव र एसईईको परीक्षा परेपछि विप्लवको पार्टीले बन्द फिर्ता लिने निर्णय लिएको स्रोतको दाबी छ ।

बार एसोसिएसन र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बन्द फिर्ता लिन आग्रह गरेका थिए ।

विप्लवको पार्टीले घोषणा गरेको संर्घषका कार्यक्रम अन्तर्गत चैत १३ गते देशभर चोक जुलुस, चैत १४ गते देशभर कोणसभा, चैत १५ गते मशाल जुलुस, चैत १६ गते शनिबार नेपाल बन्द, चैत १९ देशभर अन्तरक्रिया, चैत २१ जनवर्गीय सङ्गठनका विरोध प्रदर्शन, चैत २२ र २३ गते कालो झन्डा प्रदर्शन, चैत २४ देशव्यापी जनप्रदर्शन र जनसभा गर्ने उल्लेख थियो । बन्द बाहेक अन्य कार्यक्रम यथावत रहने छन् ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु