१८ औं एशियन गेम्समा प्याराग्लाइडिङमा एकल एक्युरेसीमा गौतम तेस्रो स्थानमा

पोखरा, ५ भदौ / इण्डोनेसियामा शुरु भएको १८ औं एशियन गेम्स अन्तर्गत नेपाली प्याराग्लाईडिङ पाईलट

विजय गौतम एकल एक्युरेसी प्रतिस्पर्धामा तेस्रो स्थानमा छन् । उनले सोमबार मात्रै दुई चरणको टेक अफ र

ल्याण्डिङ २२ अंकसहित तेस्रो स्थानमा छन् । अझै चार चरणको प्रतिस्पर्धा भने बाँकी छ । उनले उत्कृष्ठ

लयलाई निरन्तरता दिए भने प्याराग्लाइडिङमा पदकको आशा गर्न सकिने अवस्था देखिएको छ । त्यसको लागि

अझै चार चरण पुरा गर्नुपर्ने छ । उनीभन्दा अघि इण्डोनेसिया र थाइल्याण्डको खेलाडी छन् ।

१८ औं एशियाड अन्तगर्त प्याराग्लाइडिङ इण्डोनेशिया पश्चिम जाभाको गुनुङ मास भन्ने स्थानमा सोमबारदेखि

शुरु भएको हो । नेपालले भने क्रस कन्ट्रीमा पदकको अपेक्षा गरेको छ । नेपाली पुरुष टिम भने एक्युरेसी तर्फ

तेस्रो चरणमा पुगेको छ । अन्तिम छ चरण पुरा गरेपछि मात्रै पदकको फाईनल हुने छ । नेपालले सोमबार

महिला र पुरुष दबै तर्फको इन्डिभिजुअल एक्युरेसी र टिम एक्युरेसी इभेन्ट तर्फ प्रतिष्पर्धा गरेका छन । १७

देशका १ सय ३० खेलाडीले सहभागिता छन् ।

प्रतिस्पर्धमा महिला र पुरुष

एकल एक्युरेसी र टिम एक्युरेसी इभेन्ट तर्फ नेपाल दोश्रो चरणमा उत्कृष्ट प्रर्दशन

गर्दै तेश्रो चरणमा प्रवेश गरेको प्याराग्लाईडिङका अफिसियल शैलेन रावतले जानकारी दिए । नेपालका लागि

इन्डिभिजुअल एक्युरेसी र टिम एक्युरेसी इभेन्ट बिल्कुलै नयाँ इभेन्ट हो ।

महिला एकल एक्युरेसी तर्फ त्रिशा श्रेष्ठ छैटौ स्थानमा रहदै तेस्रो चरणमा प्रवेश गरेकी छिन् । यसैगरि महिला

टिम एक्युरेसीमा नेपाल चौथो स्थानमा छ । यो इभेन्टमा पनि आयोजक इन्डोनेसिया अगाडि छ भने नेपालले

पदकका लागि कोरिया, थाइल्याण्डको चुनौतीलाई पन्छाउनुपर्ने खाँचो छ । पुरुष टिम एक्युरेसीमा नेपाल दोश्रो

चरण पार गर्दासम्म आठौं स्थानमा छ ।

इन्डिभिजुअल एक्युरेसीमा छैटौं राउण्डसम्म र टिम एक्युरेसी इभेन्टमा १० औं राउण्डसम्म प्रतिष्पर्धा गर्नुपर्छ ।

बुधबार मात्रै पदकको टुंगो लाग्ने छ । एशियाडमा पहिलो पटक समावेश प्याराग्लाइडिङ खेलमा एक्युरेसी इभेन्ट

नेपालका लागि पनि नयाँ भएको नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ङग्लाइडिङ संघका महासचिब समेत रहेको

रावतले बताए ।

प्रतियोगिता

शुरुहुनुभन्दा अघि युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा खेलस्थल पुगेर खेलाडीको मनोबल

उच्च बनाएका थिए । मन्त्री विश्वकर्माले उनले खेलाडीलाई नेपालको झण्डा हस्तान्तरण गर्दै हौसला समेत

प्रदान गरे । राखेप सदस्य सचिब केशब कुमार बिष्ट समेत सहभागि थिए । प्रतिस्पर्धामा नेपालसहित १७ देशले

प्रतिस्पर्धा गर्ने छन् । नेपाल, अफगानिस्तान, चीन, हङकङ, इरान, जापान, साउदी अरेबिया, थाईल्याण्ड,

कोरिया, लाओस, चाईनिज ताइपेइ, मंगोलिया, मेलसिया, कतार, सिंगापुर, पाकिस्तान, र इण्डोनेसिया छन् ।

एकल प्रतिस्पर्धा अन्तर्गत एक्युरेसी तर्फ पुरुषमा विजय गौतम र शुशिल गुरुङ छन् । भने महिला तर्फको सोही

प्रतिस्पर्धामा त्रिशा श्रेष्ठ र प्रतिभा भुजेलले उडान भर्ने छन् । १४५० मिटर उचाईको नारी गुलहिलको उचाईबाट

टेक अफ गरी १ हजार मिटरको गुनुङमासमा ल्याण्डिङ गर्ने छन् । टेक अफ र ल्याण्डिङको दुरी ४ सय ५०

मिटरको दुरीको फरक रहेको उनले बताए ।

नेपाली टिमले टिम एक्युरेसी, टिम क्रस कन्ट्री महिला तथा पुरुष इभेण्टमा प्रतिस्पर्धा गर्ने छन् । पुरुष टिम क्रस

कन्ट्रीमा विमल अधिकारी, शुशिल गुरुङ, युकेश गुरुङ, विजय गौतम र विशाल थापा छन् । त्यसैगरी महिला

टिम एक्युरेसीमा त्रिशा श्रेष्ठ, प्रतिभा भुजेल र सविता तामाङले प्रतिस्पर्धा गर्ने नेपाली टिमका अफिसियल शैलेन

रावतले जानकारी दिए । उनका अनुसार टिम इभेण्टमा पदकको आशा गरिएको छ ।

कमेन्टहरु
Loading...