बेगनासमा यात्रुबाहक बस दुर्घटना ,दर्जनौ घाइते

कृष्ण आचार्य,​ पोखरा, १७ असोज​/पोखरा ३१ बेगनासमा यात्रुबाहक बस दुर्घटना हुँदा दर्जनौ घाइते भ​एका छन् ।बेगनासबाट पोखरा आउदै गरेको ग १ ख ४७७१ नम्बरको यात्रुबाहक बस पोखरा ३१ बेगनासको पौरखे डाँडामा दुर्घटना हुँदा करिब ४० जना घाईते भ​एका हुन् ।

दुर्घटना लगत्तै प्रहरी र स्थानियहरुले उद्दार गरि घाइतेहरुलाई लेखनाथ सामुदायिक अस्पताल र पोखराका अन्य अस्पतालमा पठाएको पोखरा महानगरपालिका वडा नम्वर ३१ का वडा अध्यक्ष कमल बहादुर थापाले जानकारी दिए । कति जना घाईते भ​ए भन्ने ठ्याक्कै भन्न सकिने अवस्था नरहेको र सबैलाई तत्काल उद्दार गरेर बिभिन्न अस्पतालहरुमा पठाईएको उनले जानकारी दिए ।

घाईतेहुनेहरुमा बर्ष ३२ कि दुर्गा तिवारी , बर्ष २५ कि सिर्जना सुनार बर्ष १९ कि सुनिता सपकोटा,बर्ष ४४ कि सारदा साप्कोटा , बर्ष २६ कि अञ्जना सापकोटा ,बर्ष १६ कि मैया थापा , बर्ष ४५ कि साबित्री अधिकारी , बर्ष ४० कि सुनिता रानभाट ,बर्ष ५५ कि इन्द्रा कडेल, गोबिन्द बिक​, बर्ष १२ कि रजिना सुनार , बर्ष ३८ का आसिक सुनार,एलिना सापकोटा ,बिष्णु तिवारी , बर्ष ६५ कि राधिका नेपाली , बर्ष ३० कि कमला पौडेल अधिकारी , बर्ष ३० कै रिता सापकोटा , बर्ष ४० कि सोबिता रानभाट , बर्ष १८ का बिपिन रानभाट , बर्ष ४३ का प्रकाश बहादुर रानाभाट , बर्ष ५ का अपार बस्नेत र सुस्मा भुजेल घर्ती रहेका छन् ।

यस्तै बर्ष ९ का दिपशिखा बसौला , बर्ष २६ कि मन्ना गुरुङ , बर्ष ३० कि सुनिता परियार , बर्ष २९ का राम्जी भुजेल , बर्ष २५ कि करिना भुजेल , बर्ष ७६ का सुकदेब सापकोटा ,बर्ष ३६ का कृष्णराम , बर्ष ४६ का एकनाथ पाण्डे,कमलराज कडेल , स्वरुप रानाभाट , ज्योती नेपाली , पुर्ण बहादुर थापा पनि घाईते भ​एका स्थानिय युवा श्रीराम कडेलले जानकारी दिए ।

उनिहरुको पोखरा र लेखनाथका बिभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ । यि बाहेक अन्य पनि धेरै घाईते भ​एको र उनिहरुको परिचय खुल्न बाकी रहेको जनाईएको छ । घाईते हुनेहरु सबै जसो बेगनास कै बासिन्दा रहेका छन्। बस सहचालकले चलाएकोले दुर्घटना भ​एको सोही बसमा सवार रहेका स्थानिय खगराज अधिकारीले जानकारी दिए ।बस केही पहिलेबाटै हल्लिएको भन्दै उनले हावा हेर हावा हेर भन्दा भन्दै सहचालकले चलाईरहेको अवस्थामा दुर्घटनामा परेको उनको भनाई छ । आफु भने बसबाट हामफालेर जोगिएको पनि अधिकारीले बताए ।

बेगनासमा बस दुर्घटना
बेगनासमा बस दुर्घटना

 

(तस्बिर साभार: श्रीराम कडेलको फेसबुक बाट )

कमेन्टहरु
Loading...