एक्याप प्रवेश शुल्क बढेकोमा व्यावसायीको आपत्ति

पोखरा, १० कात्तिक / अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने पर्यटकका लागि बढाइएको प्रवेश अनुमति शुल्क प्रति यहाँका पर्यटन व्यावसायीले आपत्ति जनाएका छन् । त्यस्तै अन्नपूर्ण आधारशिविरमा हेलिकोप्टर उडान नरोकिएको भन्दै व्यावसायीले चिन्ता पनि जनाए ।

पर्यटकीय सिजनको मुल समय पारेर शुल्क बढाएको भन्दै व्यावसायीले बढाएको शुल्क लागु नगर्न सरोकारवालालाई आग्रह गरेका छन । पोखरा पर्यटन परिषदले यहाँ सरोकारवालासँग आयोजना गरेको छलफल कार्यक्रममा व्यावसायीले सिजनको मुखमा बढाएको नयाँ शुल्कले पर्यटन आगमन बढ्ने नभई घट्न जाने बताए । कम्तिमा ६ महिना समय राखेर शुल्क बढाउनुपर्ने व्यावसायीको भनाई छ ।

परिषदका उपाध्यक्ष गोपि भट्टराइले सरकारले २०२० मा २० लाख विदेशी पर्यटक भित्रयाउने लक्ष्य सरकारकै कारण असफल हुने बताए । ‘पर्यटक आगमन बढाउनुपर्ने बेला अनेक शुल्क लिन थालिएको छ । यसले आगमन बढ्दैन, घट्न जान्छ,’ उनले भने, ‘बरु एकपटक अनुमति लिएर पटक पटक अन्नपूर्ण क्षेत्र घुम्न जान दिने गरि नयाँ व्यवस्था गर्नुपर्छ ।’

परिषद्का महासचिव डिल्लीप्रसाद गौतमले आजको भोलि शुल्क बढेको भन्दै आपत्ति जनाए । कम्तिमा ६ महिना समय राखेर शुल्क बढाउनुपर्नेमा व्यावसायीसँग छलफलै नगरि रातारात शुल्क बढाएको भन्दै आपत्ति जनाए । ‘व्यावसायीको पनि चाहना बुझ्नुपर्छ । आजको भोलि शुृल्क बढाएर सिजनका बेला सरकारले पर्यटन आगमनमा अवरोध गर्न खोजेको हो,’ उनले भने, ‘छलफलबिना बढाएको नयाँ शुल्कले राम्रो गर्दैन ।’

एक्यापका आयोजना प्रमुख राजकुमार गुरुङले

पर्यटकका लागि शुल्क बढाउने प्रस्ताव अहिले नयाँ नभई पुरानो भएको बताए । यो पटक देखि लागु मात्र भएको उनले बताए । सन् २०११ देखि ने शुल्क बढाउने प्रयास भएको पनि उनले बताए । ‘सिजनको बेला बढेको शुल्कले असर पारेको छ । यसबारेमा हामी पनि गम्भिर छौ । तर सरकारले राजपत्रमा प्रकाशित गरेपछि हामीले कार्यन्वयन गर्नैपर्छ,’ उनले भने ।े

उनले नेपाली पदयात्रीलाई पनि शुल्क लाग्ने नयाँ प्रावधान भएपनि त्यसलाई व्यवस्थापन गर्न गाह््रो भएको बताए । स्थानीयबासिलाई यो शुल्क नलाग्ने पनि गुरुङले जनाए । एक्यापका अनुसार पदयात्रामा जाँदा अब नेपाली नागरिकले प्रतिव्यक्ति एकसय रुपैयाँ तिर्नुपर्नेछ । सार्कका सदस्य मुलुकका पर्यटकले प्रतिव्यक्ति एकहजार र अन्य मुलुकका विदेशीले प्रतिव्यक्ति तीनहजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यसअघि नेपाली पदयात्रीलाई शुल्क थिएन । त्यस्तै सार्क सदस्यले प्रतिव्यक्ति दुईसय र अन्य मुलुकका पर्यटकले दुइहजार रुपैयाँ तिर्नुपर्दथ्यो ।

कार्यक्रममा अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले

एक्यापले स्थानीय तहसँग मिलेर काम गर्न नसकेको बताए । उनले बढेको नयाँ शुल्क लागु गरे आफुहरु नै एक्याप विरुद्ध उत्रने चेतावनि पनि दिए । ‘स्थानीय सरकार संचालन ऐन अनुुसार काम भएको छ,’ उनले भने, ‘यो हामीले सहन सक्दैनौ ।’ कुवँरले उद्धार र राहतमा बाहेक अन्य व्यापारिक प्रयोजनमा हेलिकोप्टर उडान गर्न नदिने पनि बताए ।

गण्डकी प्रदेश सदस्य राजिव पहारीले

पदमार्ग जोगाउनुपर्ने बेला आएको बताए । उनले सरकारले स्थानीय तहसँग समन्वय नगरी शुल्क बढाएको भन्दै आपत्ति जनाए । त्यस्तै आधारशिविरमा हेलिकोप्टर उडान नरोक्ने हो भने पदमार्ग रोक्नुपर्ने अवस्था आउने पहारीले बताए । सदस्य पहारीले एक्यापले शुल्क बढाउने हो भने पर्यटकलाई पनि सुविधा दिनसक्नुपर्ने बताए ।

माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष कर्ण गुरुङले संरक्षित क्षेत्र पुरानै शैलीमा चलेको बताए । उनले मुलुकमा राजनीतिक परिवर्तन भएपनि केही निकाय पुरानै शैलीमा चल्दा समस्या निम्तिएको बताए । पर्यटन बोर्डका म्यानेजर सुर्य थपलियाले सार्वजनिक सम्पत्ति व्यवस्थापन र हस्तान्तरणमा विवाद सुरु हुन थालेको बताए ।

गण्डकी प्रदेशको

पर्यटन मन्त्रालयका सचिव विष्णुप्रसाद भण्डारीले सरकारले लागु गरेपछि नयाँ नियम लागु हुने बताए । उनले पोखरा र आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सरकार गम्भिर रहेको बताए । परिषद्का निवर्तमान अध्यक्ष केदार शर्माले सरकारले बिना छलफल नयाँ नियम लादेको भन्दै आपत्ति जनाए ।  टानका अध्यक्ष हरि भुजेलले पदमार्गमा शुल्क बढाउँदा आगमन खस्किने बताए । त्यस्तै सिजनका बेला शुल्क बढाउँदा पर्यटकलाई भन्दा पनि व्यावसायीलाई मर्का पर्ने बताए । महिनौ अघि प्याकेज बेचेका व्यावसायीले एकाएक नयाँ शुल्क लिँदा पर्यटकले नै शंका गर्ने ठाउँ पाएको बताए । परिषद् अध्यक्ष चिरञ्जीवी पोखरेलले पर्यटक प्रवद्र्धनमा राज्यको सहयोगको खाँचो रहेको बताए ।

कमेन्टहरु
Loading...