तेश्रो अभियान भलिबलको सेमिफाइनल र फाईनल शनिबार

पोखरा, १८ जेठ /पोखरा ५ मालेपाटनको खेल मैदानमा जारी तेश्रो अभियान पुरुष भलिबल प्रतियोगिताको सेमिफाईनल र फाईनलका खेलहरु शनिबार हुने भएको छ । अभियान युवा क्लवको आयोजना जारी प्रतियोगितामा शुक्रबार क्वाटर फाइनलका खेलहरु सम्पन्न भएका हुन् ।

शुक्रबार सम्पन्न क्वाटर फाईनलको पहिलो खेलमा एपिएफ ए ले लौरुक युवा क्लवलाई २५–८, २५–१८ को सोझो सेटले पराजित गरेको थियो भने दोश्रो खेलमा पोखरा टप्स क्लवलाई २५–२३, २१–२५, २३–२५ को अंकले पराजित गर्दै पञ्चासे आदर्श युथ क्लब सेमिफाईनलको यात्रा तय गरेको छ ।

त्यस्तै क्वाटर फाईनलको तेश्रो खेलमा साईनिङ स्टारले बाराही माविलाई २५–२२, २५–१८ को सोझो अंकले पराजित गरेको थियो भने शुक्रबारको अन्तिम खेलमा कुद्भि डाँडा युवा क्लवलाई १२–२५, २५–१९, १६–२५ को अंकले पराजित गर्दै मालेपाटन युनाईटेड क्लव सेमिफाईनलमा प्रवेश गरेको छ ।

शनिबारको सेमिफाईनलको पहिलो खेल एपिएफ ए र साईनिङ स्टार बिच हुनेछ भने दोश्रो सेमिफाईनलको खेल पञ्चासे आदर्श युवा क्लव र मालेपाटन युनाईटेड क्लव बिच हुनेछ । फाईनल खेल पनि शनिबारनै गरिने प्रतियोगिताका संयोजक धर्मेन्द्र घर्तीले जानकारी दिए ।

प्रतियोगिताको बिजेतालाई नगद रु ५० हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र, दोश्रो हुनेलाई नगद रु ३० हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र रहने कुरा आयोजकले जनाएको छ । त्यस्तैगरि बेस्ट सटर, बेस्ट ब्लकर, बेस्ट स्पाईकर, बेस्ट प्लेएर, बेस्ट स्पाईकर, बेस्ट सर्भरको विधालाई ट्रफी, प्रमाणपत्र दिईने र अनुशासित टीमलाई प्रशंसा पत्र दिईने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...