भदौरे युवा क्लब र हाम्रो हिमशिखर विजयी

पोखरा, ४ बैशाख/ हेमजा युनाइटेडद्वारा आयोजित शुभकामना कप नकआउट फुटबल प्रतियोगितामा भदौरे युवा क्लब र हाम्रो हिमशिखर क्लब फेदीखोला स्याङ्जा विजयी भएका छन्। जितसँगै भदौरे र हाम्रो हिमशिखर क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

आइतबार भएको पहिलो खेलमा भदौरे युवा क्लबले गार्डेन एफसीलाई ४–२ गोलअन्तरले पराजित ग¥यो। भदौरेको तर्फबाट विक्रम थापाले ह्याट्रिक गर्दा प्रेम पुनले एक गोल गरे। गार्डेन एफसीबाट कृष्ण गुरुङ र मिलन गुरुङले एक/एक गोल गरे। खेलमा म्यान अफ दि म्याच भदौरेका विक्रम लामा घोषित भए।

यस्तै, दोस्रो खेलमा हाम्रो हिमशिखर क्लब फेदीखोला स्याङ्जाले एलजी एशोशिएसनलाई ३–१ गोलअन्तरले पराजित ग¥यो। उक्त खेलमा हाम्रो हिमशिखर क्लबको तर्फबाट म्यान अफ दि म्याच गोविन्द केसीले दुई र आत्माघाति एक गोल भएको थियो भने एलजी एशोसिएसनबाट वीरजित गुरुङले एक गोल गरेका थिए।

सोमाबार पहिलो खेल स्याङ्जा–११ र संगम एफसी तथा दोस्रो खेल खैरेनीटार युवा क्लब खैरेनीटार र सत्य युवा क्लब बाँझापाटनबीच हुने क्लबका कोषाध्यक्ष इन्द्र कुँवरले जानकारी दिए। ‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मूलनाराका साथ हेमजा युनाइटेडले आयोजना गरेको उक्त प्रतियोगिता बैशाख ९ सम्म चल्ने छ। प्रतियोगितामा १६ टिम सहभागी छन्। विजेताले एक लाख ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले ७५ हजार, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ ।

कमेन्टहरु
Loading...