नव आदर्श, पाउदुर कोट र विष्णुपादुका क्वाटर फाईनलमा प्रवेश

पोखरा, २ बैशाख / हेमाज युनाईटेड पोखरा–२९ हेमजाले आयोजना गरेको शुभकामना कपमा नव आदर्श लामाचौर, पाउदुर कोट र विष्णुपादुका क्लव पहलो क्वाटर फाईनलमा प्रवेश गरेका छन्। बिहिबार भएको पहिलो खेलमा नव आदर्श लामाचौरले विष्णुपादुका क्लव रातोलाई २–१ ले पराजित ग¥यो।
प्रतियोगितामा नव आदर्श लामाचौरको तर्फबाट जर्सी नं १२ का विजय पहारी, जर्सी नं.७ का नितेश भट्टराईले एक÷एक गोल गरेका थिए भने विष्णु पादुको क्लवको तर्फबाट जर्सी नं. २३ का शुशान गुरुङले एक गोल गरेका थिए। उक्त खेलमा म्यान अफ दि म्याच नव आदर्शका जर्सी नंं १२ का राजिव पहारी वनेका छन् ।

प्रतियोगिताको दोस्रो खेलमा पाउदुर कोटले पोखरा ट्रेनिङ सेन्टरलाई ३–१ ले पाराजित ग¥यो। प्रतियोगितामा पाउदुर कोटको तर्फबाट जर्सी नं.८ का सि आर गुरुङ, जर्सी नं.१० का सिड्ढमान तामाङ र जर्सी नं.७ का सूर्यमान मगरले एक÷एक गोल गरेका थिए भने पोखरा ट्रेनिङ सेन्टरको तर्फबाट जर्सी नं.१२ का हेमन गुरुङले सान्त्वना गोल गरेका थिए। प्रतियोगितामा म्यान अफ दि म्याच पाउदुर कोटका जर्सी नं. १० का सिड्ढमान तामाङ घोषित भएका थिए ।

प्रतियोगिताको अन्तिम खेलमा विष्णुपादुका क्लव पहेलोले त्रिशक्ति युवा क्लव लाहाचोकलाई २–० ले पराजित गरेको थियो ।
प्रतियोगितामा विष्णु पादुका क्लव पहेलोको तर्फबाट जर्सी नं. १२ का प्रविन थापा र जर्सी नं.११ का अशोक नेपालीले एक÷एक गोल गरेका थिए । प्रतियोगितामा म्यान अफ दि म्याच विष्णुपादुका क्लवका जर्सी नं. १२ का प्रविन थापा घोषित भए।
म्यान अफ दि म्याचलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा उपमहानगर पालिका वडा नं. २९ का सचिव ईश्वरीप्रसाद बाँस्तोल र हेमजा युनाईटेडका अध्यक्ष ईन्द्रप्रसाद त्रिपाठीले ट्रफि वितरण गरेका थिए ।

बिहिबार देखि पहिले चरणको खेल सकिएको छ भने शुक्रबार देखि क्वाटर फाईनलका खेल हुने आयोजकले जनाएको छ।
शुक्रबार पहिलो खेल विहान ११ वजे लम्जुङ एफ सी र हेजमा युनाईटेड निलो र दोस्रो खेल दिउसो एक वजे हेमजा युनाईटेड पहेलो र पाउदुर कोट वीच हुने युवा परिचालन उपसमितिका संयोजक प्रेमबहादुर कुँवरले जानकारी दिए । युवा एकता र विकासका लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिता बैशाख ७ गते सम्म गौरी शंकर खेल मैदान गैरीमा चल्ने छ। प्रतियोगितामा १२ टिमको सहभागि रहेको छ।

खेलकुदको माध्यमबाट कुलतमा फसेका साथै वेरोजगार युवा युवतीहरुलाई विकृति र विसङ्गति बाट जोगाई सहि बाटो देखाउनका लागि टेवा पु¥याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम हुनेलाई एक लाख ११ हजार एक सय ११, दोस्रा हुनेलाई ६१ हजार एक सय ११, कप मेडल ट्रफि र प्रमाण पत्र प्रदान गरिने हेमजा युनाईटेडका सहसचिव खिमलाल तिमिल्सिनाले जानकारी दिए ।

कमेन्टहरु
Loading...