शुभकामना कप फुुटवल प्रतियोगिताको उपाधि सत्य युवा क्लवलाई

पोखरा, ७ बैशाख/ हेमजा युनाइटेडद्धारा सञ्चालित शुभकामना कप नकआउट फुटवल प्रतियोगिताको उपाधि सत्य युवा क्लवले हात पारेको छ। मङगलबार भएको फाइनल खेलमा हेमजा युनाइटेडलाई ३–२ अन्तरले पराजित गर्दे उपाधि चुम्न सफल भएको हो ।

प्रतियोगिताको उपाधि सँगै सत्य युवा क्लवले नगद एक लाख ११ हजार एक सय ११ रुपैया कप, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा उपविजेता हेमजा यूनाइकटेड पहेलोले ६१ हजार एक सय ११ रुपैया नगद, कप, ट्रफी मेडल र प्रमाणपत्रमा चित्त वुझायो।

प्रतियोगितामा सत्य युवा क्लवका तर्फबाट जर्सी नं २१ का लक्ष्मण जि.सी, जर्सी नं २३ का शिव सुवेदी र जर्सी नं ८ का उत्तम गुरु·ले एक ÷ एक गोल गरेका थिए । भने हेमजा युनाईटे पहेलोको तर्फबाट जर्सी नं १४ का समुन लामाले दुई गोल गरेका थिए।
प्रतियोगिताका विजेता तथा उपविजेतालाई हेमजा युनाइटेडका अध्यक्ष इन्द्र प्रसाद त्रिपाठी, प्रमुअ अतिथि युवा व्यवसायी सन्तोष श्रेत्री, त्रिभुवन आर्मी क्लवका प्रतिनिधि तथा सेनानी राजन बस्नेत, युवा व्यवसायी रविन कुँवरले संयुक्त रुपमा कप, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगितामा सर्वाधिक गोलकर्ताको रुपमा हेमजा युनाइेटड निलो का रविन्द्र कुँवर, म्यान अफ दी म्याचमा सत्य युवा क्लवका उत्तम गुरु·, बेष्ट डिफेन्समा हेमजा युनाइटेड पहेलोका जिवन गुरु·, अनुशाषित टिममा हेमजा युनाइटेड निलो, उत्कृष्ट कोचतर्फ सत्य युवा क्लवका हितमान गुरु·, बेष्ट स्टाइकर तर्फ सत्य युवा क्लबका शिव सुवेदी, बेष्ट गोलकिपर तर्फ सत्य युवा क्लवका तेन्जि· नाग्मेल, बेष्ट मिडफिल्डर तर्फ हेमजा युनाइटेड पंहेलोका छिरीङ गुरु· र बेष्ट प्लेयर तर्फ हेमजा युनाइटेड पहेलोका समुन लामा घोषित भए ।

फाइनल खेल सुरु हुनु अगाडी ३५ बर्ष भन्दा माथि उमेर समुहका हेमजा भेन्ट्रान्स र भू.पू आर्मी भेन्ट्रान्स बीचमा मैत्रीपूर्ण फुटवल खेल मा भूपू विजयी भएका थिए। कार्यक्रममा आयोजक हेमजा युनाइटेडले हालै भारतमा भएको साग प्रतियोगिता र बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा उत्कृष्ट खेल प्रदर्शन गरेवापत राष्ट्रिय खेलाडीहरु नवयुग श्रेष्ठ र विकेश कुथुलाई सम्मान गरिएको छ ।

सोही अवसरमा नेपाली भूतपूर्व सैनिक संघ हेमजा कार्यसमितिले त्रिभुवन आर्मी क्लवका तर्फबाट फुटवलको जगतमा पु¥याएको योगदानको कदर स्वरुप त्रिभुवन आर्मी क्लवका राष्ट्रिय खेलाडीहरु चुन बहादुर बस्नेत राष्ट्रिय खेलाडी तथा उप–सेनानभरत खवासलाई कदर पत्र प्रदान र त्रिभुवन आर्मी क्लवलाई सम्मान गरेको थियो।

कमेन्टहरु
Loading...