दोस्रो इक्यान मैत्रीपूर्ण फुटसल प्रतियोगता हुँदै

पोखरा, २० वैशाख / नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाको आयोजनामा दोस्रो इक्यान मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने भएको छ । वैशाख २३ गते शनिबार पोखरा फुटसल लिचिबोट गैह्रापाटनमा प्रतियोगिता हुने संयोजक तथा इक्यान कास्कीका सदस्य पूर्ण न्यौपानेले जानकारी दिए ।

बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन हुने उक्त प्रतियोगताको तयारीलाई तिब्र बनाइएको छ । प्रतियोगितामा कन्सल्टेन्सीका सञ्चालक तथा कर्मचारी सहभागी हुनेछन् ।

पोखरामा रहेका ३५ वटा कन्सल्टेन्सीबाट ६ वटा टिम प्रतियोगितामा सहभागी हुने न्यौपानेले जानकारी दिए ।  वार्षिक कार्यक्रम अन्तर्गत प्रतियोगिता आयोजना गरिएको सचिव भुवन क्षेत्रीले जानकारी दिए ।

कमेन्टहरु
Loading...