१४ वर्षपछि लिभरपुललाई च्याम्पियन्स लिग

पोखरा, १९ जेठ/घरेलु क्लब टोटनह्याम हट्सपरलाई पराजित गर्र्दै लिभरपुलले च्याम्पियन्स लिगको उपाधि उचाल्दै यो वर्षको फुटबल सिजनलाई अन्त्य गरेको छ । शुरु भएको दोस्रो मिनेटमै पाएको पेनाल्टीबाट लिएको अग्रतालाई जोगाउँदै दोस्रो हाफमा थप एक गोल गर्दै लिभरपुलले प्रिमियर लिग उचाल्ने नपाएको पीडालाई च्याम्पियन्स लिगको उपाधि उचाल्दै भुल्यो ।

माउसा सिसाकोको पेनाल्टी क्षेत्रभित्र ह्याण्ड भएपछि लिभरपुलले पेनाल्टीको अवसर पायो । पेनाल्टीलाई मोहम्मद सलाहले गर्दै लिभरपुलको खातामा गोल लेखाए । भाग्यको भर पनुपर्छ भन्ने झैं लिभरपुललाई दोस्रो मिनेटमा पेनाल्टीले भाग्य बदलिदियो। खेल सकिन तीन मिनेट बाँकी रहेको अवस्थामा लिभरपुलका लागि डिभोसिच ओरिगीले गोल गर्दै उपाधि सुनिश्चित बनाए । उनलाई जोयल माटिपले क्रस बल उपलब्ध गराईदिएका थिए ।

बलमाथिको नियन्त्रण टोटनह्यामले गरेपनि केही राम्रा अवसरलाई चुकाउँदा उपाधि यात्राबाट टाढिन पुग्यो । च्याम्पियन्स लिगमा छैटौं उपाधिको रुपमा उचाल्यो । जुन १४ वर्षपछि उपाधिको हकदार बन्यो । रियल मड्रिडले च्याम्पियन्स लिग भने सर्वाधिक १३ पटक उचालेको छ । बार्सिलोनाले पाँच, बार्यन म्युनिखले छ र मिलानले ७ पटक च्याम्पियन्स लिग जितेका छन् ।

कमेन्टहरु
Loading...