महिला उद्यमशीलमा सांसदको भत्ता

पोखरा, ३ चैत/गण्डकी प्रदेशसभा सदस्य एवं महिला उद्यमी मिना गुरुङले आफ्नो सांसद भत्ता एवं सुविधालाइ स्वरोजगार तथा उद्यमी महिलाको सृजनशिल तालिमकोलागि खर्च गर्ने बताउनु भएको छ ।

महिला उद्यमीसंघ नेपाल, कास्की , नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघ र व्यापार तथा निकासी प्रवद्र्धनको संयुक्त आयोजनमा सञ्चालित १५ दिने ऊनी जन्य फेल्ट वस्तु उत्पादन सम्बन्धि तालिमको निरीक्षणमा उहाँले सो कुरा बताउनु भएको हो ।

वडा वडामा उद्यमीको इकाइ कमिटि गठन गरेर आफुले पाएको रकमबाट महिला उद्यमशिलतामा प्रवद्र्धन गर्ने बताउनु भएको हो । उहाँले सवल र सक्षम जनशक्तिबाट मात्रै मुलुकको आर्थिक समृद्धि सम्भव हुने भन्दै हरेक नागरिकसँग व्यवसायिक सीप हुन आवश्यक रहेको बताउनु भयो ।

गण्डकी प्रदेशमा सामाजिक मन्त्रालयले स्वरोजगार कार्यक्रम शुरु गरेको भन्दै आफ्नो रुचि र क्षमता अनुसारको तालिम लिएर आत्मनिर्भर हुन सहभागिहरुलाई आग्रह गर्नुभयो । उद्यमी संघको संस्थापक अध्यक्ष समेत रहनु भएका गुरुङले महिला माथि हिंसानै परनिर्भरता भएकाले आर्थिक सशक्तिकरणकालागि उद्यमशिल बन्न आग्रह गर्नुभयो ।

ऊनी जन्य पदार्थलाई रंग र साबुनको घोलमार्फत विभिन्न आकारमा ढालेर आर्कषक वस्तु तयार गरिने संघका अध्यक्ष काशी गुरुङले जानकारी दिनुभयो । विदेश निर्यात हुने हस्तकलाको सामाग्री भित्र पर्ने फेल्ट तथा ऊनी जन्य हस्तकलाका सामाग्रीहरु आर्कषक हुने देश भित्र र बाहिर समेत राम्रो बजार भएकाले महिला दिदीबहिनीकोलागि तालिमको आयोजना गरेको बताउनु भयो ।

कास्की जिल्लामै पहिलो पल्ट सञ्चालित उक्त तालिममा एकसय ४२ जना महिलाको सहभागिता रहेको छ । तालिममा सहभागि अधिकांश दिदीबहिनी स्वरोजगार हुन इच्छुक देखिएको गुरुङले बताउनुभयो । उहाँले पोखरा घुम्न आउने पर्यटकलाई समेत पोखराको चिनोको रुपमा ऊनीजन्य सामग्री प्रयोग गर्न सकिने बताउनु भयो ।

तालिमका प्रशिक्षक पूजा कार्कीले कच्चा पर्दाथ भेडाको ऊन भएपनि नेपाली ऊन गुणस्तरीय हुन नसक्दा विदेशबाट आयातीत हुने बताउनु भयो । “हामी कहाँको ऊन अलि जर्रो हुन्छ, सामान तयार गर्दा फिनिसिङ्गमा समेत समस्या देखिन्छ । केमिकलबाट ऊनी नरम बनाएपछि मात्रै बस्तु उत्पादन गर्ने मिल्छ ।” उहाँले भन्नुभयो “ उत्पादित सामानको बजारीकरणकालागि जोड दिने हो भने एक हजारको लगानीबाट दश–हजारको आम्दानी गर्न सकिन्छ ।”

विदेशी मुलुक इण्ल्याण्ड, स्वीजरल्याण्ड, दुवइ लगायतका मुलुकबाट कच्चा पदार्थ आयात हुने गरेको कार्कीले बताउनु भयो । ऊनीजन्य पदार्थबाट निर्मित बस्तु बढि निर्यात हुने देशहरुमा जमर्न, डेनमार्क, जापान, अमेरिका लगायतका मुलकु छन् । निर्यातित सामानमा झोला, जुत्ता, टोपी (ह्याट), फुलको झुप्पा, चरा, झुमर लगायतका छन् ।

कमेन्टहरु
Loading...