युएम मोटरसाइकलको ¥याली पोखरामा

पोखरा, ४ असार /युनाइटेड मोटर्स (युएम) ब्राण्डका मोटरसाइकल तथा स्कुटरको ¥याली पोखरामा सम्पन्न भएको छ । अमेरिकन प्रविधिमा इण्डोनेसियामा निर्मित उक्त ब्राण्डको गण्डकी क्षेत्रको आधिकारिक बिक्रेता हिमालयन अर्गनाइजेसन अन्तर्गतको हिमालयन अटो वल्ड नयाँबजार पोखराले ¥याली आयोजना गरेको हो ।

नयाँबजारबाट सुरु भएको ¥यालीले छोरेपाटन हुँदै शान्तिस्तुपा, बैदाम, बिरौटा, सिमपानी, हेमजा हुँदै पोखरा परिक्रममा गरेको प्रवन्ध निर्देशक ध्रुबबहादुर थापाले जानकारी दिए । युएमका हाइपर स्पोर्ट, डिएसआर, कमाण्डो र रेन्निगेट मोटरसाइकल तथा पावरम्याक्स एलएक्स स्कुटर पोखरामा बिक्री भइरहेको उनले जानकारी दिए ।

अत्याधिक पिकअप, युएसबी चार्जर एलइडी लाइट, कन्केभ र कन्भेन्स लेन्स, ग्राउण्ड क्लियरेन्स धेरै लगायतका विशेषता युएममा रहेको भण्डारीले बताए । अफरोडका लागि यो मोटरसाइकल निकै उपयुक्त रहेको भण्डारीले बताए । युएमको नेपालको आधिकारिक बिक्रेता आइएमई ग्रुप अन्तर्गतको आइएमई अटोमेटिभ प्रालि हो ।

यसैबीच, आइतबार र सोमबार सोरुममा टेष्ट ड्राइभ कार्यक्रम सञ्चालन भइरहेको भण्डारीले जानकारी दिए । टेष्टमा ड्राइभमा सहभागी भएर खरिद गर्ने ग्राहकलाई विशेष छुट प्रदान गरिने बताइएको छ ।

कमेन्टहरु
Loading...