पोखरामा टीभीएस एनटर्क १२५ रेस एडिसन स्कुटर विक्रि शुरु

पोखरा, १७ पुस/ नयाँ फिचरसहितको टीभीएस एनटर्क १२५ रेस एडिसन स्कुटर पोखरा बजार भित्रिएको छ । सो स्कुटरको गण्डकी तथा धौलागिरीको आधिकारिक बिक्रेता बतास ब्रदर्श प्रालिमा अभिनेत्री स्वस्तिका खड्का, जगदम्बा मोटर्स प्रालिका भाइस प्रेसिडेन्ट दीपक अग्रवाल र बतास ब्रदर्सका कार्यकारी निर्देशक प्रमेश पराजुलीले संयुक्त रुपमा सार्वजनिक गरे ।

कार्यक्रममा टीभीएस मोटर कम्पनीका इन्टरनेशनल बिजेनस एक्जुकेटिभ भाइस प्रेसिडेन्ट आर दिलीपले सो स्कूटर नेपालमा सार्वजनिक गरेयता यसको जेन जेड ग्राहकमाफ निकै लोकप्रिय रहेको बताए । उनले भने, ‘विश्वभर हामीसँग एनटर्कमा करिब ४ लाख भन्दा बढी उपभोक्ता छन् र यो सार्वजनिकसँगै अझ बढी ग्राहक विकास गर्नेमा विश्वस्त छौं ।’

जगदम्बा मोटर्स प्रालिका भाइस प्रेसिडेन्ट दीपक अग्रवालले एनटर्क सार्वजनिकसँगै नेपालको स्कुटर बजारमा ठूलो परिवर्तन आएको दाबी गरे । ‘यसले थ्रिलको तत्व खोज्ने र स्कुटरमा भन्दा बढी अपेक्षा राख्ने ग्राहकलाई सन्तुष्ट पार्र्नेछ,’ उनले भने ।

सो रेस एडिसनमा एलइडी डिआरएल र एलइडी हेडल्याम्प रहेको छ । यसमा हजार्ड ल्याम्प अर्थात आकस्मिक बत्ती पनि छ, जुन रातो रंगको हजार्ड स्वीचद्वारा इनबेल गर्न सकिन्छ । स्कुटरमा भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिससँगै रेस इडिसनले टीभीएसको रेसिङ्ग पेडिग्रीलाई झल्काउँछ ।

जसको म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगको संयोजन छ । सो स्कुटर टीभीएस रेसिङको ३७ वर्षको समृद्धि पेडिग्रीबाट निर्माण गरिएको बताइएको छ । जसलाई मनाउन रेस एडिसन सार्वजनिक गरिएको हो । यो स्कुटर १२५ सीसी, सिंगल सिलिण्डर, फोर स्ट्रोक, थ्रि भल्भ, एयर कुल्ड इञ्जिन छ । यसैबीच, सो स्कुटरका पहिलो ४० जना ग्राहकलाई स्कुटर हस्तान्तरण गरिएको थियो ।

कमेन्टहरु
Loading...