करदातालाई सेवा दिनु सरकारको कर्तव्य होः मुख्यमन्त्री गुरुङ

मंसिर, २ पोखरा /‘करः समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने नाराका साथ सातौं राष्ट्रिय कर दिवस पोखरामा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

आन्तरिक कार्यालय पोखराको आयोजनामा पोखराको सभागृहचोकबाट सुरु भएको प्रभातफेरीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले उद्घाटन गर्नुभयो ।

प्रभातफेरीमा व्यवसायी नागरिक समाज, कर्मचारी लगायतको सहभागिता रहेको थियो । प्रभातफेरी पोखरा बजार परिक्रमा गरि आन्तरिक राजस्व कार्यालय पोखरामा पुगी सभामा परिणत भएको थियो ।

कार्यक्रमलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्बोधन गर्दै सरकालाई कर तिर्नु नागरिकको कर्तव्य र करदातालाई सेवा दिनु सरकारको कर्तव्य भएको बताउनु भयो । राज्यले कर नलिएसम्म गरिव असाहाय जनतालाई सेवा दिन नसक्ने हुँदा इमानदार भएर कर तिर्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कर बिना समृद्ध नेपाल कल्पनानै गर्न नसकिने बताउनु भयो । उहाँले व्यवसायीलाई भन्नुभयो, कर तिरेर एक नम्बरी व्यवसायी बन्न आग्रह गर्नुभयो । पोखरा महानगरका मेयर मानबहादुर जिसीले कर लिएर नै महानगरबासीलाई सेवा दिन सकिने बताउनुभयो ।

यस आर्थिक वर्षमा २ अर्व ८९ करोड राजश्व संकलनको लक्ष्य राखिएकोमा कार्तिक मसान्तसम्म २ अर्व ५४ करोड राजस्व संकलन गरिएको आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत केशबप्रसाद उप्रेतीले जानकारी दिनुभयो । गण्डकी र धौलागिरीमा गरि करिव ६५ हजार करदाता रहेका छन ।

त्यसैगरि यस क्षेत्रमा मुख्य योगदान रहेको अन्तशुल्कको पनि अशुलि सन्तोषजनक रहेको देखिएको छ । गण्डकी र धौलागिरी अञ्चलमा सिमित रहेको यस कार्यालयले सूर्य नेपालदेखि लिएर विभिन्न डिष्टिलरीबाट अन्तशुल्क उठाउँदै आएको छ भने राजश्वको अर्को प्रमुख श्रोत मुल्य अभिबृद्धि कर भ्याट रहेको सो कार्यालयले जनाएको छ ।

यस वर्ष आय कर, घरबहाल कर, स्वास्थ्य शिक्षा लगायतका करहरुमा पनि सूचांक सकारात्मक देखिएको कार्यालय प्रमुख केशब कुमार उप्रेतीले जानकारी बताउनु भयो । उहाँले सप्ताहाव्यपी विभिन्न कार्यक्रम गरि कर दिवस मनाइने जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...