ट्रेकिङ व्यवसायलाई अझ व्यवस्थीत बनाउन पहल गर्छु – द्वितिय उपाध्यक्षका उम्मेदवार लामिछाने

पोखरा, २२ साउन / ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको आसन्न अधिवेशनका लागि युवा पर्यटन व्यवसायी दिवस लामिछानेले द्वितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

उनले साउन २६ गते हुने संघको २५ औं साधरण सभा तथा १५ औं अधिवेशनका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् । वर्तमान कार्यसमितिमा कोषाध्यक्ष पदमा रहेर संस्थाको कोष तथा लेखा प्रणालीलाई चुस्त, पारदर्शी र मजबुत बनाउन प्रशंसनीय भूमिका खेलेका लामिछानेले दावी गरेका छन् ।

उनले २०४० सालदेखि सिंगो परिवार नै पदयात्रा व्यवसायमा संलग्न रहेको र २०५८ सालबाट आफू समेत सक्रिय रहेको बताए । उनले पदयात्रा व्यवसाय अँगालेका लामिछानेले पदयात्रालाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउने प्रमुख उद्धेश्यका साथ द्वितीय उपाध्यक्ष पदमा उमेदवारी प्रस्तुत गरेको भनाई छ ।

उनले याक एण्ड यति ट्रेक एण्ड एक्सपिडिसन प्रालिको स्थापना गरी लामिछानलेले आफ्नो व्यावसायिक यात्रामा सक्रिए रहेको उनको भनाई छ । टान पोखराले लामिछानेको यस्तै मेहनत र गतिशिलताको कदर गर्दै संस्थाको सक्रिय साधरण सदस्यको अवार्ड समेत उनले प्राप्त गरिसकेका छन् ।

सामान्यतया संस्थामा उपाध्यक्ष पदलाई अलि निस्किृत पद जस्तो ठान्ने गरिए पनि लामिछाने उक्त पदमा आपूm विजयी भई सक्रियतापूर्वक संघ तथा यसका गतिविधिलाई अगाडि बढाउन सक्रियताका लाग्ने बताए ।

उनले नयाँ पदयात्रा मार्गको खोजी, खोजी भएका पदमार्गको प्रबद्र्धन र विकास समेत आफ्ना एजेन्डामा लामिछानेले समेटेका छन् । संघीय तथा प्रादेशिक सरकारबाट विनाछलफल लागू गरिएका करका दरहरुलाई समायोजन गर्न माग गर्दै एकद्वार प्रणालीबाट तिर्ने व्यवस्थाका लागि समेत आफूले पहल गर्ने प्रतिबद्धता उनको छ ।

संस्थाको हकहित तथा व्यवसायी मैत्री वातावरण निर्माण गर्ने र विभिन्न सरकारी तथा गैरसरकारी पर्यटकीय संस्थासँग समन्वय गर्दै पदयात्रा व्यवसायको भविश्य ग्यारेन्टी गर्ने उद्धेश्यमा समेत आफू सशक्त रुपमा प्रस्तुत हुने उनको अठोट छ । अबैध पदयात्राको निरुत्साहन, टिम्स चेकपोष्टहरुको व्यवस्थित संचालन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रबद्र्धन, पदयात्रा मजदूरहरुको हकहित तथा टानलाई व्यबहारिक रुपमै एउटा सशक्त र प्रविधि मैत्री पर्यटकीय संस्थाको रुपमा उभ्याउने बाचा समेत उम्मेदवारको रुपमा व्यवसायी लामिछानेले गरेका छन् ।

कमेन्टहरु
Loading...