पोखरामा सुजुकी गाडीको एक्सचेन्ज क्याम्प सुरु

पोखरा, ३१ साउन/मारुती सुजुकी व्राण्डको गाडीहरुको एक्सचेन्ज क्याम्प सोमवारदेखी पोखरामा सुरु भएको छ ।
सुजुकीको गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक विक्रेता बतास व्रदर्शको आयोजनामा दुई दिने एक्सचेन्ज क्याम्प आयोजना गरिएको हो ।

क्याम्पमा जुनसुकै कम्पनीको गाडीहरुसँग नयाँ मारुती सुजुकीका मोडलहरु साटफेर गर्न सकिने बतास व्रदर्शका विक्री प्रवन्धक गणेश ढकालले जानकारी दिए । एक्सचेन्जको पहिलो दिनमै ४ वटा गाडी वुकिङ्ग भएको र ग्राहकहरुले विभिन्न मोडेलहरुको वारेमा जानकारी लिएको ढकालको भनाई छ ।

विशेषगरि सुजुकीका मोडलहरु वलेनो, सियाज, व्रेजा र स्विफ्ट प्रति ग्राहकको आकर्षण रहेको उनले वताए । नयाँ आर्थिक वर्ष सुरु भएपछि पहिलोचोटी आयोजना भएको एक्सचेञ्ज कार्यक्रम नयाँ मोडलहरुको प्रवद्र्धनमा सहयोगी हुने अपेक्षा कम्पनीको छ ।

क्याम्पमा विक्री पछि पनि कम्पनीलेनै गाडी किनिदिने ग्यारेन्टी, चार वर्षको वारेन्टी, पुरानो गाडीको निशुल्क भ्यालुएन र मोटरसाईकलसँग पनि साटफेर गर्न सकिने सुविधा उपलव्ध भएको बतास व्रदर्श प्रालिले जनाएको छ । एक्सचेन्ज कार्यक्रम मंगलवारसम्म जारी रहने छ ।

कमेन्टहरु
Loading...