सुजुकी बलेनो पोखरामा

पोखरा, ६ बैशाख/सुजुकी गाडीको गण्डकी धौलागिरी क्षेत्रको लागि आधिकारिक बिक्रेता बतास अटोमोवाईल्स प्रालिले सोमवारदेखी पोखरामा प्रिमियम ह्याचब्याक सुजुकी बलेनोकोे विक्री सुभारम्भ गरेको छ ।

सुजुकी बलेनो पोखरामा
सुजुकी बलेनो पोखरामा

प्रिमियम क्वालिटिको सुजुकिका उत्पादन तथा विश्वस्तरीय विक्री सेवा प्रदान गर्ने उद्देश्यले सुजुकी बलेनोलाई कम्पनीको प्रिमियम च्यानल सिजी एनएक्सटी जेन मार्फत उपलब्ध गराईको बतास अटोमोवाईल्सका प्रवन्धक गणेश ढकालले जानकारी दिए । यो गाडीले भिभिटी पेट्रोल १.२ तथा प्रतिलिटिर २१.४ किमी माइेलेज दिने इन्धन क्षमताका साथ आएको यस कारले ८४.४ प्रतिसेकेण्डको पिकपावर दिने दावी कम्पनीको छ ।

बलेनोले विज्ञहरुबाट यसको उच्चतम सवारी क्षमता, सुरक्षा, इन्धन क्षमता र कम ध्वनि प्रदुशणका लागि तारिफ पाएको दावी समेत गरिएको छ । सुजुकी बलेनो कार अनेकौं विशेषताहरुले सुसज्जित रहेको र यसले गण्डकी धौलागिरी क्षेत्रमा राम्रो बजार ओगटने आशा प्रवन्धक ढकालको छ । प्रिमियम ह्याचब्याक बलेनो नेपाली बजारमा पहिलो चोटी उपलब्ध गराईएको हो ।

सुजुकी गाडीको नेपालको आधिकारिक विक्रेता सिजि मोटोकर्पका डिलर इन्चार्ज मन्जुल अमात्यले भारतमा सुजुकी बलेनोको व्यापक सफलता पछि देशभर तथा पोखरामा पनि बलेनोको विक्री सुभारम्भ गर्न पाउँदा धेरै खुसी लागेको वताए । नेपाली बजारमा सबै भन्दा न्यू डिजाइनमा आएको यो कारले हुन्डाइ आई टेन र भक्सवागन पोलोसग प्रतिस्प्रधा गर्ने बतास अटोमोबाइल्सका प्रबन्धक गणेश ढकालले बताए । बलेनोको शुरुवाति मूल्य रु. २६ लाख ९९ हजार रुपैया रहेको वताईएको छ ।

कमेन्टहरु
Loading...