सृष्टी यातायातको पोखरा दिल्ली बस सेवा सुरु हुने

पोखरा, ६ जेठ/सृष्टि यातायात प्रालिले आज देखी पोखराबाट सिधा दिल्ली बस सेवा सुरु गर्ने भएको छ । हप्तामा तीन दिन पोखरा र दिल्लीबाट बस छुट्ने प्रालिका प्रबन्ध निर्देशक कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

उनले आइतबार, मंगलबार र शुक्रबार पोखरा र दिल्लीबाट बस छुट्ने उनले जानकारी दिए । अहिले दुईवटा बसबाट सेवा सुरु गरे पनि केहि समय पछि थप ५ वटा बस थप पर्ने पौडेलले बताए ।

पोखरा दिल्ली बसको एकतर्फि भाडा नन्एसि बसको २ हजार ८ सय र एसि बसको ३ हजार ५ सय रहेको पौडेले बताए । यस अगाडी पोखराबाट भारतको दिल्ली सम्म मोर्डन इराले बस सेवा दिदै आउको छ ।

कमेन्टहरु
Loading...