समावेशी व्यवसायी समूहद्वारा शक्ति प्रदर्शन

पोखरा, ४ असोज/पोखरा उद्योग वाणिज्य संघमा प्यानल उम्मेद्वारी दिएको समावेशी व्यवसायी समूहले

बिहीबार शक्ति प्रदर्शन गरेको छ । संघको यहि शुक्रबार र शनिबार हुने ३२ औं महाधिवेशनबाट नेतृत्व लिन अघि

सरेको अध्यक्षका उम्मेद्वार दामु अधिकारी नेतृत्वको प्यानलले बिहीबार पञ्चेबाजासहित ¥याली निकालेर

शक्ति प्रदर्शन गरेको हो । ¥यालीमा उद्योगी÷व्यवसायीको बाक्लो सहभागिता थियो । ¥यालीमा दोहोरी गायक

प्रजापति पराजुली नेतृत्वको कलाकारको टोलीले ‘बामरी, बामरी, यहि प्यानल राम्रो छ, भोट हालौं रामरी भन्दै

दामु प्यानलाई भोट मागेका थिए ।

पोखरा उद्योग वाणिज्य संघ गैह्रापाटनबाट शुरु भएको ¥याली पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड,

सभागृहचोक हुँदै पृथ्वीचोकस्थित पोखरा मल अगाडि पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभामा

बोल्दै समावेशी व्यवसायी समूहका अध्यक्षका उम्मेद्वार दामु अधिकारीले उद्योगी व्यवसायीको नेता बन्ने भए

वडाध्यक्षबाट राजिनामा दिएर चुनावी मैदानमा आउन प्रतिष्पर्धी रबिन्द्रबहादुर प्रजुलाई चुनौति दिए । उनले

भने,‘मेरा प्रतिष्पर्धी प्रजूजीले दुबै हातमा लड्डु खोज्नु भएको छ, तर म उहाँलाई चुनौति दिन चाहन्छु, यदि तपाईं

साँच्चिकै उद्योगी÷व्यवसायीको पक्षमा हुनुहुन्छ र उहाँहरुलाई धोका दिन चाहनुहुन्न भने वडाध्यक्षबाट

राजिनामा दिएर चुनावी मैदानमा आउनुस्, हैनभने गोहीको आँशु खसालेझैं गरेर उद्योगी व्यवसायीको पक्षमा छु

भनेर नढाँट्नुस् ।’ उनले राज्यको तलब भत्ता खाएर उद्योगी व्यवसायीको नेता बन्न नसुहाउने बताउँदै

भने,‘जनतमतको पनि कदर गर्नुस्, ईमान जमान र ईज्जतको पनि ख्याल गर्नुस्, आज जनताको काम गर्न

छाडेर चुनाव लड्न लाज लाग्दैन ? बेलैमा बुद्धी पु¥याउनुस् ।’

अधिकारीले चुनाव जितेपछि प्रजूले बरिष्ठ उपाध्यक्ष नारायण कोइरालालाई कार्यवाहक दिने गोप्य सूचना

सुनेको भन्दै त्यसरी उद्योगी व्यवसायीलाई धोका दिन लागेको भन्दै आपत्ति जनाए । उनले भने,‘तपाईंहरुको

गोप्य सहमति बाहिर आइसकेको छ, यसरी उद्योगी व्यवसायीलाई गुमराहमा राखेर धोका दिन पाउनुहुन्न,

यसले संघलाई डुबाउनुबाहेक केहि फाइदा गर्दैन ।’ उनले प्रत्यासी प्रजूले हालको कार्यसमितिमा बरिष्ठ

उपाध्यक्षको हैसियतमा कुनैपनि काम नगरेकोसमेत बताए । उनले भने,‘म अब चुनावमा उठ्दिनँ, वडामै केन्द्रीत

हुन्छु भनेर प्रजूजी कुनैपनि कार्यक्रममा सहभागि हुनु भएन, काम गर्ने बेलामा निस्कृय भएको मान्छे अहिले

चुनाव लड्न आउनु कत्तिको जायज हो उद्योगी व्यवसायी तपाईंहरुले नै मूल्यांकन गर्नुस् ।’ प्रजुले आफू

उम्मेद्वार नबन्ने भन्दै आफ्ना मान्छेलाई समेटेर प्यानल बनाउन आफूलाई भनेको भन्दै पछि आएर धोका

दिएको उनको भनाई छ । उनले प्रजूले धमिलो पानीमा माछा मार्न खोजेको भन्दै २ वर्षको कार्यकालमा २ महिना

राजनीतिक रंग दिएर संघको बद्नाम गरेको बताए । उनले भने,‘प्रजूले धमिलो पानीमा माछा मार्न खोजे,

राजनीतिक रंग दिएर संघको बद्नाम गर्नुभयो, यो कुरा सबै उद्योगी व्यवसायीले बुझेर उहाँलाई त्यसको

परिणाम भोगाउनुपर्छ ।’

अधिकारीले आफू नीजि क्षेत्रको पहरेदार बन्ने उद्घोष गरे । आफू अध्यक्षमा बिजयी भए आफ्नो पूर्ण कार्यकाल २

वर्ष संघमा लाग्ने बताउँदै भने,‘म यो बिचमा जस्तोसुकै लाभको पद पाएपनि कतै जान्नँ, पूर्ण कार्यकाल नीजि

क्षेत्रका उद्योगी व्यवसायीको संरक्षण र प्रवद्र्धनमा लाग्दै हक, अधिकार स्थापित गर्न लागि पर्छु ।’ उनले

प्रजूबिरुद्ध उजुरी दिन वकिलहरुले सुझाएपनि आफू नमानेको बताए । उनले भने,‘मलाई वकिलहरुले

जनप्रतिनिधिले जनमतको अवज्ञा गर्दै उद्योगी व्यवसायीको चुनाव लडेको भन्दै मुद्धा हाल्न सुझाव दिए, तर

मैले हालिन, किनकि म मुद्धा जितेर अदालतले दिएको निर्णयबाट अध्यक्ष हुन चाहन्नँ, बरु उद्योगी व्यवसायीले

दिएको मतको न्यायबाट अध्यक्ष भएर उहाँहरुकै पहरेदार हुन चाहन्छु, चौकीदार हुन चाहन्छु ।’

समावेशी समूहको प्यानलको अध्यक्षमा दामु अधिकारी, वरिष्ठ उपाध्यक्षमा यदुनाथ अधिकारी, उपाध्यक्ष

(उद्योग) तर्फ गीता तिवारी गौतम, उपाध्यक्ष (वाणिज्य) तर्फ यमनाथ पौडेल, महासचिवमा किसान सुनार,

कोषाध्यक्षमा प्रेम भुजेल र उप–महासचिवमा सीता बराल उम्मेद्वार छन् । त्यस्तै सदस्यहरुमा नारायण पौडेल,

डि.बि. भुजेल, पवित्रा गुरुङ, तेजेन्द्र पौडेल, सोवित पौडेल, नगेन्द्र सुवेदी, नगेन्द्र पोखरेल, चन्द्रा शर्मा, उमराज

बास्तोला र रुद्र लुइटेल उम्मेद्वार छन् ।

कमेन्टहरु
Loading...