रुपातालको तालवेसीमा नवौं रुपा फागु महोत्सव हुने

पोखरा, २९ फागुन /रुपातालको तालबेसीलाई प्रवद्र्धन गर्न नबौ रुपा फागुन महोत्सव हुने भएको छ ।

सप्तरंगी क्लबको आयोजनामा रुपातालको किनारमा रुपा गाउँपालिका र पोखरा महानगर पालिकाको सिमानामा पर्ने तालवेसीमा महोत्सव गर्न लागेको मुल संयोजक तथा क्लबका अध्यक्ष कुवेरजंग गुरुङले जानकारी दिएका छन् ।

फागु पुर्णिमालाई मनाउन नवौं संस्करणको महोत्सव चैत्र ५ देखि ७ गते सम्म हुन लागेको हो ।
विगतका वर्षहरु जस्तै यस वर्षको फागु पुर्णिमालाई ग्रामीण परिवेशमा उल्लासमय रुपमा मनाउनका लागि मेलाको आयोजना गरिएको हो। रुपा देखि पोखरा सम्मका दर्शक हरु होलि खेल्दै यहाँ सम्म आएर रमाएको हाम्रो अनुभव छ गुरुङले बताए ।

मेलाको मुख्य आकर्षणमा भलिबल प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, छेलो प्रतियोगिता, झांकी प्रदर्शनी, स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरु द्वारा लोकदोहोरी, सांझमा लाईभ कन्सर्ट तथा सांस्कृतिक कार्यक्रम रहने क्लबका सचिब सन्तोष खड्काले वताएका छन् ।

भलिबल प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। साथमा उत्कृष्ट खेलाडी, वेस्ट स्पाईकर तथा म्यान अफ द म्याचको उपाधी समेत रहेको आयोजकले वताएको छ ।

स्वर्गीय गंगा वहादुर गुरुङको स्मृतिमा हुने छेलो प्रतियोगिता तथा एकल नृत्य प्रतियोगिताको विजेताले जनही रु ५ र५ हजार र उपविजेताले जनही ३र ३ हजार प्राप्त गर्नेछन्।त्यस्तै झांकी प्रदर्शनीमा प्रथम हुनेले रु ३ हजार, दोश्रो हुनेले रु २ हजार तथा सहभागी पुरस्कार रु १र१ हजार रुपैया प्राप्त गर्नेछन् ।

महोत्सवमा करिव १० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने महोत्सवका सल्लाहकार चित्र वहादुर गुरुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...