रामबजार महोत्सवको तयारी पूरा

पोखरा, ५ कात्तिक/ रामबजार युथ क्लबले गर्न लागेको चौथो रामबजार महोत्सव – २०७३ को तयारी पूरा भएको छ। महोत्सव सम्पन्न गर्न क्लबका अध्यक्ष कुमार थिङग तामाङको अध्यक्षतामा गठित ५१ सदस्यीय मूल आयोजक समिति र विभिन्न सात वटा उपसमितिले आ – आफ्नो जिम्मेबारीको काम पुरा गरेका छन्।

महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ क्लबका अध्यक्ष कुमार थिङग तामाङले भने – ‘यसपटक पनि हामीले सवैको साथ र सहयोग पाउँने अपेक्षा गरेका छौ।’ रामबजारको पहिचान र विकासको मुख्य उदेश्यले महोत्सव आयोजना गर्न लागिएको हो।आऔ, खाऔ अनि रामबजार मै रमाऔ भन्ने मूल नाराका साथ कात्तिक ७ देखि १३ गतेसम्म रामबजारस्थित कालिका उच्च माविको प्राङगणमा महोत्सव चल्ने छ।

महोत्सवको आकर्षणमा लोक नृत्य, राष्ट्रिय एवं स्थानीय कलाकारहरुको प्रस्तुती, जातीय झाँकी, खानेकुरा तथा खेलकुदका स्टल, बाल उद्यान रहने छन्। महोत्सवमा विभिन्न उत्पादन तथा व्यवसायीक प्रयोजनका झण्डै ३५ वटा स्टल रहने छन्। महोत्सव झण्डै ९० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

महोत्सव सम्पन्न गर्न २५ लाख ९५ हजार खर्च लाग्ने र महोत्सवबाट पाँच लाख ५० हजार रुपैया बचत हुने अनुमान गरिएको छ।
यसपटक टिकट विक्रीको रकममध्य प्रति टिकट एक रुपैया श्रमिक बालबालिकाको हितका लागि प्रदान गरिने छ भने बचत रकम सामाजिक विकासका लागि खर्च गरिने छ।

कमेन्टहरु
Loading...