प्राइम कमर्सियल बैंकलमा कैलाश विकास गाभिने

काठमाडौं, २० असार / प्राइम कमर्सियल बैंकले ‘ख’ वर्गको वित्तीय संस्था कैलाश विकास बैंकलाई प्राप्ति (एक्विजिसन) गर्ने गी सम्झौता गरेको छ ।

प्राइम बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र कैलाश विकास बैंकका अध्यक्ष नारायणप्रसाद पौडेलले बीच सहमतिपत्रमा हस्ताक्षर गरे ।

बैंकले यस अघि कन्काई विकास बैंक र ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने सहमति पत्रमा हस्ताक्षर गरि सकेको छ ।

कैलाश विकास बैंक, कन्काई विकास बैक तथा ललितपुर फाइनान्सलाई प्राप्ति प्रश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या १ सय ८९ पुग्ने छ ।

कमेन्टहरु
Loading...