जिल्ला कफी सहकारी संघ कास्कीको कफी विक्री केन्द्र सन्चालनमा

पोखरा, १८ माघ/जिल्ला कफी सहकारी संघ कास्कीले अर्गानिक कफी उत्पादन गरी बिक्री गर्ने उद्देश्यले संचालन गर्न लागेको कफी बिक्री केन्द्र शुक्रबारबाट सुरु भएको छ । केन्द्रको कृषि मन्त्रालय गण्डकी प्रदेशका कृषि सचिव शरदचन्द्र श्रेष्ठ र युरोपियन युनियनका भेरिना कोडीले संयुक्त रुपमा कफी बिक्री केन्द्रको उद्घाटन गरे ।

कार्यक्रममा कृषि सचिव श्रेष्ठले कृषिको विकास गर्न हामीले हातेमालो गर्ने बताउँदै प्राङ्गारिक उत्पादनलाई बढावा दिन प्रदेश मन्त्रालय एकदम तयार छ भने ।

विशिष्ट अतिथि युरोपियन युनियनका भेरिना कोडीले कफीको क्षेत्रमा काम गर्न युरोपियन युनियन इच्छुक भएको, यहाँको कफी विश्व बजारमा माग भएको बताइन् ।

कार्यक्रममा कफी विज्ञ बद्री बस्ताकोटी, व्युटिफुल कफी नेपालका अध्यक्ष प्रचण्डमान श्रेष्ठ, वडा नं. १० का वडाअध्यक्ष रामराज लामिछाने, जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारी लगायते बोलेका थिए ।

जिल्ला कफी सहकारी संघका अध्यक्ष आनन्द सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संघका उपाध्यक्ष कलाधर भुगाई, संचालन सचिव हरिराज घिमिरेले गरेका थिए ।

कमेन्टहरु
Loading...