पोखरामा सुजुकीको स्विफ्ट गाडीको एक्सचेञ्ज

पोखरा, १५ साउन / मारुती सुजुकी व्राण्डको लोकप्रिय गाडी स्विफ्टको पोखरामा एक्सचेन्ज कार्यक्रम सम्पन्न भएको छ।
आईतवारवाट सुरु भएको एक्सचेञ्जको मंगलवार अन्तिम दिन सम्म ७ वटा स्विफ्ट गाडी विक्री भएको र ६ वटा वुकिङ भएको कम्पनीले जनाएको छ।

सुजुकीको गण्डकी प्रदेशको आधिकारिक विक्रेता वतास व्रदर्श प्रालिले साउन १३ देखी १५ सम्म एक्सचेञ्ज कार्यक्रम गरेको हो । एक्सचेञ्जमा ११.९९ प्रतिशत व्याजदर, पुरानो गाडीको उचित मुल्याङ्कन तथा ४० हजार एक्सचेञ्ज वोनस प्रदान गरिएको वतास व्रदर्श मारुती सुजुकी डिपार्टका विक्री प्रवन्धक नवराज अधिकारीले जानकारी दिए ।

‘साउन महिनालाई मोडल अफ दी मन्थको रुपमा लिएर लोकप्रिय मोडल स्विफ्टको आक्रामक बजार विस्तार गर्ने उदेश्य हाम्रो हो।’ अधिकारीले भने,‘ एक्सचेञ्ज कार्यक्रमवाट हामी उत्साहित भयौँ ।

ग्राहकहरुले स्विफ्ट प्रति राम्रो रेस्पोन्स गर्नुभयो । व्राण्ड प्रर्वदन गर्ने यस्ता कार्यक्रमहरु आगामी दिनमा पनि निरन्तरता दिन्छौँ।’ सुजुकीको नेपालको आधिकारिक विक्रेता सिजी मोटोकर्पले देशभर एकै साथ एक्सचेञ्ज कार्यक्रम संचालन गरेको थियो ।

कमेन्टहरु
Loading...