पोखरा सडक महोत्सवमा सुन्तला महोत्सव पनि

पोखरा, १४ पुस /अंग्रेजी नयाँ वर्षको अवसरमा रेवान पोखराले आयोजना गरेको १९औं पोखरा सडक महोत्सव आज देखि शुरु भएको छ । महोत्सवको कास्की क्षेनं २ बाट नबनिर्बाचित सांसद रविन्द्र अधिकारीले उदघाटन गर्नुभयो ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नाराका साथ रेवानले प्रत्येक वर्ष सडक महोत्सवको आयोजना गर्दै आइरहेको छ ।

पर्यटकीय नगरी पोखराको लेकसाइडस्थित खुल्ला साढे ३ किलोमिटर सडकमा महोत्सव आयोजना गरीएको छ । यसै विच सडक महोत्सवमा यस पटक सुन्तला महोत्सव पनि थपिएको छ ।। रेवान पोखरा संगको सहकार्यमा पोष्ट हार्भेष्ट ब्यबस्थापन निर्देशनालयको आयोजना र क्षेत्रीय कृषि निर्देशनालयको स्थानीय ब्यबस्थापनमा महोत्सव भएकोहोे ।

महोत्सवमा ६ जिल्ला कास्की,स्याङजा,पर्वत, तनुहँ,लमजुङ र गोरखाको सुन्तला संगै कृषि सामाग्री पर्दशनमा राखीएको सुन्तला महोत्सव ब्यबस्थापन समितिका संयोजक क्षेत्रीय कृषि निर्देशनालयका बरिष्ठ बालि संरक्षण अधिकृत माधब लम्सालले जानकारी दिनु भयो । महोत्सवमा शुक्रबार सुन्तला सम्बन्धी अन्तरक्रिया र शनिबार किसान विच कृषि गित प्रतियोगिता हुने क्षेत्रीय कृषि निर्देशक शरदचन्द्र श्रेष्ठले बताउनुभयो ।

महोत्सवमा ६ जिल्लाका १८ जना उत्कृष्ट किसान लाई पनि सम्मान गरिने बताइएको छ । पर्यटन ब्यबसायी नरेश भट्टराईले कृषि र पर्यटन संगसंगै लैजानको लागि यस बर्ष बाट सडक महोत्सव भित्र सुन्तला महोत्सव पनि थपीएको बताउनु भयो ।सुन्तला महोत्कसवको लागि आम्बोट क्षेत्रमा स्टल र स्टेजको ब्यबस्थापन गरीएको छ ।

कमेन्टहरु
Loading...