पोखरामा रोजगारदाता बिच अन्तरक्रिया

पोखरा, १० भदौ / पोखरामा रोजगारदाता र सम्वन्धित निकाय बिच अन्तरक्रिया कार्यक्रम भएको छ । प्राविधिक

शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) मार्फत संचालित सीप विकास परियोजना अन्र्तगत

रोजगारदाता तथा सम्बन्धित निकायहरु बिच अन्तरक्रिया कार्यक्रम भएको हो ।

ट्रेडलिंक टेक्निकल ट्रेनिङ्ग इन्ष्टिच्युट प्रा.लि तथा जिनियस मल्टी टेक्निकल इन्ष्टिच्युट द्धारा आयोजित कार्यक्रममा

सिटिइभिटीका सदस्य सचिव पुष्प रमन वाग्लेले नेपालको बदलिंदो प्रादेशिक संरचना अनुसार सीप विकास

तालिम पनि परिमार्जन भइरहेको बताए । यसै गरि शिक्षा मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले व्यवसायिक

सीप आजको अपरिहार्यता रहेको भन्दै सबै सरोकारवालाहरु संगठित रुपमा सीप विकासमा लाग्न आह्वान गरेका

थिए ।

कार्यक्रममा कास्की प्राविधिक शिक्षालय ,घरेलु तथा साना उद्योग कार्यलय सहित व्यवसायी महासंघको पनि

प्रतिनिधित्व रहेको थियो । ७० जना रोजगारदाता तथा सम्बन्धित निकायहरुको सहभागिता रहेको कार्यक्रमको

ट्रेडलिंकका प्रबन्धक निर्देशक अच्युत नेपालको सभापतित्वमा संचालन भएको थियो ।

कमेन्टहरु
Loading...