पोखरा नुडल्सका कर्मचारी आन्दोलनमा, दश लाखको क्षती, ७० लाखको उत्पादन प्रभावित

पोखरा, ९ जेठ /पोखराको औधोगिक क्षेत्रमा रहेको पोखरा नुडल्स प्रालीका कर्मचारीले पूर्व सूचना विना आकस्मीक रुपमा सोमवार देखि चाउचाउ उत्पादन बन्द गरी आन्दोलनमा उक्रिदा दश लाख बढीको क्षती हुन पुगेको छ । चाउचाउको कच्चापदार्थ मसिनमा राखेर चाउचाउ उत्पादन भइरहेको अवस्थामा कर्मचारीले काम छाड्दा कम्पनीलाई नोक्सान भएको हो ।

दैनिक ३५ लाख बराबरको चाउचाउ उत्पादन गर्दै आएको पोखरा नुडल्स प्रालीमा कच्चा पदार्थ राखी चाउचाउ उत्पादन गर्दा गर्दै कर्मचारीले काम छाड्दा दुई दिनमा ७० लाख बराबरको उत्पादन घाटा भएको प्रालीका निर्देशक बाबुराम पन्तले बताए ।
कर्मचारी पुष्पराज भट्टराई, सजिव अधिकारी, सन्तोष श्रेष्ठ, सुजन आचार्य, सुरेश तिवारीले मेसीन चलिरहेको अवस्थामा विना कारण गुण्डागर्दीको शैलीमा उद्योग बन्द गरेको पोखरा नुडल्स प्राली निर्देशक पन्तले बताए ।

पोखरा नुडल्समा उत्पादन
पोखरा नुडल्समा उत्पादन

कर्मचारीलाई जवरजस्ती आन्दोदनमा लाग्न दवाब दिने र हातपात गर्ने समेत काम गरेको आरोपमा प्रहरीले आन्दोलनरत कर्मचारी संजिव अधिकारीले र विकास भुजेललाई नियन्त्रणम लिएको छ । संजिव अधिकारीले काम गर्न अटेर गर्दै सुपरभाइजर बालकृष्ण बास्तोला र लेखनाथ बराललाई मंगलवार हातपात गरे पछि प्रहरीले नियन्त्रणमा लिएको हो । सुपरभाइजरले गराएको काम नगर्ने र उल्टै विना सूचना कर्मचारीलाई काम छाड्न बाध्य पारेको कर्मचारीले बताएका छन् ।

मजदुर संघको संस्थागत निर्णय विना, संघको बैठक नबसी, विना सूचना केही मजदुरहरुले उद्योग बन्द गरेको अखिल नेपाल औधोगिक मजदुर संघ इकाइका पूर्व अध्यक्ष अमृतराज अधिकारीले बताए । कर्मचारी काम गर्न तयार छन तर प्रशासनले आन्दोलनरत पक्षका समस्या वार्ताबाट समाधान गर्नु पर्ने बताए ।

पोखरा नुडल्समा उत्पादन
पोखरा नुडल्समा उत्पादन

अखिल नेपाल औधोगिक मजदुर संघ इकाइका अध्यक्ष समेत रहेका पुष्पराज भट्टराइले प्रशासनले २४ गते गते बाट ३१ गते सम्मको आफु लगाएत पाँच साथीको तलव रोक्का, दुई महिना देखि काम गरेको ठाउँबाट हटाएर आर्को ठाउँमा सिफ्ट गरेको कारण विना सूचना आकस्मीक रुपमा आनदोलन गर्नु परेको सुनाए ।

पोखरा नुडल्स प्रलीका निर्देशक बाबुराम पन्तले श्रमिकहरुलाई काममा फर्कन अनुरोध गरेका छन् । कार्यालयमा रहेका कर्मचारीलाई सम्बोधन गर्दैै निर्देशक पन्तले काम नभएको अवस्थामा श्रम ऐन २०७४ को दफा १ सय २७ (१) बमोजिम बन्द भएको अवधिको तलब भत्ता नगराइने पनि बताए ।

कमेन्टहरु
Loading...