पोखरामा प्लटिङमा कडाई, नगर विकासबाट पनि अनुमति आवश्यक

पोखरा, १८ असार /पोखरा उपत्यका क्षेत्रभित्रको प्लटिङ स्विकृतिका लागि सिफारिस गर्ने जिम्मा उपत्यका नगरविकास समितिले लिएको छ । समितिले बुधबार सूचना जारी गर्दै पोखरा र लेखनाथ क्षेत्रमा प्लटिङ गर्नुपूर्व समितिसँग सिफारिस लिन सरोकारवालासँग आग्रह गरेको छ । बस्ती विकास शहरी योजना तथा भवन निर्माण मापदण्डमा जग्गा प्लटिङका लागि नगर विकास समिति भएकोमा समितिकै सिफारिस लिनुपर्ने बाध्यकारी ब्यवस्था छ ।

पोखरामा प्लटिङमा कडाई, नगर विकासबाट पनि अनुमति आवश्यक
पोखरामा प्लटिङमा कडाई, नगर विकासबाट पनि अनुमति आवश्यक

तर पोखरा र लेखनाथमा भएका प्लटिङमा समितिको सिफारिस विनै नगरपालिकाका प्राविधिकको स्किृतिका आधारमा गर्ने गरिएको छ । यसरी हुने स्विकृतिले उपत्यका क्षेत्रमा जथाभावी प्लटिङ भएको भन्दै समितिले नियन्त्रण गर्ने तयारी गरेको हो । बुधबार सर्वदलीय सर्बपक्षीय बैठक बसेर समितिले यस्तो निर्णय गरेको हो । नगर विकास समिति भएका ठाउँमा जग्गा विकासको सिफारिस दिने जिम्मेवारी हाम्रो हो, समितिका अध्यक्ष प्रकाश मोहन खनालले भने–नगरपालिकाको स्विकृतिमा मनपरि प्लटिङ भयो, यसलाई हामी नियन्त्रण गर्छौं ।

नगरविकास समितिले जिल्लाभित्र तत्कालका लागि प्लटिङको काम रोक्ने प्रश्ताव गरेपनि बैठकका सहभागीले रोक्नु भन्दा विकल्प खोज्नुपर्नेमा जोड दिए । पोखरा र लेखनाथमा प्लटिङ रोक्न सकिँदैन, उनीहरुले भने–बरु सिफारिस र स्विकृतिमा स्थानीय निकाय र नगर विकास समिति एक ठाउँमा हुनुपर्छ । नगरविकास समितिको सिफारिस नभएका जग्गा प्लटिङमा कारोबार नगर्न समितिले आग्रह गरेको छ । नगर विकास समितिको सिफारिस विनै जग्गा खण्डीकरण र विक्रि बितरण गरे धितो बन्दकी समेत नपाउने गरी रोक्का राखिने समितिका अध्यक्ष खनालले जानकारी दिए ।

बैठकमा दुवै नगरपालिकाका कार्यकारी अधिकृत, जिल्ला प्रशासन कार्यालय, स्थानीय विकास अधिकारी, जिल्ला स्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, उद्योग बाणिज्य संघका प्रतिनिधी लगाएत सरोकारवालाको सहभागीता थियो । बैठकले लेखनाथको लामेआहालमा प्रश्तावित क्षेत्रीय बसपार्क निर्माणका लागि छुट्याईएको जग्गा रोक्का राख्ने निर्णय गरेको छ । यस्तै पोखरा बसपार्क निर्माणमा समेत तत्काल आवश्यक कदम चाल्ने निर्णय बैठकमा गरिएको छ ।

कमेन्टहरु
Loading...