पोखरामा मोबाइल मेला सुरु

पोखरा, १७ भदौ/ गण्डकी प्रदेशकै ठूलो मोबाइल बजार आइतबारबाट पोखराको महेन्द्रपुलमा सञ्चालनमा

आएको छ । एउटै भवनबाट मोबाइल सम्बन्धी सम्पूर्ण सेवा उलब्ध गराउने लक्ष्यसहित पोखरा टावर प्रालिले

सञ्चालन गरेको बजार शुभारम्भसँगै मोबाइल मेला पनि आइतबारबाट सुरु भएको छ ।

बजार र मेलाको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गरे ।

उनले उद्योगी, व्यवसायी र नागरिकले कर तिर्न कन्जुस्याइँ गर्न नहुनेमा जोड दिए । उनले भने, ‘अहिलेकै

गतिमा विकास र समृद्धि सम्भव छैन । यही करले हाम्रो विकास पनि हुँदैन । समृद्धि बढाउन नागरिकको

योगदान बढ्नै पर्छ ।’

उनले समृद्धि र विकास निजी क्षेत्रसँगै सहकार्यमा हुने प्रस्ट गरे । उनले भने, ‘उद्योग, व्यवसाय गर्ने वातावरण,

लगानीको अवसर, उचित सेवा, सुविधा, सुरक्षा माग गर्नुस् । उद्योग, व्यवसाय राम्ररी चलून्, हामी राज्यले

तोकेको कर तिर्न तयार छौं भन्ने प्रतिवद्धता सरकारले चाहेको छ ।’ राज्यका सबैजसो क्षेत्र व्यवस्थित नभएकाले

एकैपटक सबै कुरा परिवर्तन र उपलब्धिको अपेक्षा नगर्न उनले आग्रह गरे ।

सांसद विन्दुकुमार थापाले संघीयता लागू भए पनि प्रतिवद्धता अनुरुप अझै सेवा, सुविधा घर, आँगनमै आएन

भन्ने नागरिकको गुनासो रहेको उल्लेख गरे । उनले करको दायरा बढाउन अनुरोध गर्दै दर यथावत राख्न सुझाए

। नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष सञ्जीवबहादुर कोइरालाले निजी क्षेत्रले लगानी

गरेपछि प्रतिफल खोज्नु स्वभाविक भएको बताए । उनले नियम, कानुनले व्यापार, व्यवसाय र करको विषयमा

स्पष्ट गरेको बताए ।

टावरमा सम्पूर्ण ब्रान्डका मोबाइलको बिक्री तथा सेवा उपलब्ध हुने भएकाले मोबाइल किन्न, बनाउन, जानकारी

लिने उपयुक्त गन्तव्य पोखरा मोवाइल टावर बनेको प्रालिका सचिव नारायण सुवेदीले बताए । जुनसुकै बेला

घरबेटीले भाडा बढाउने, व्यवसाय छाड्नुपर्ने, अस्वस्थ प्रतिश्पर्धा आदिलाई निरुत्साहित गर्न सामूहिक रुपमा

व्यापार, व्यवसाय विकल्प बन्ने उनले बताए ।

महेन्द्रपुलमा रहेको ५ तले भवनमा पोखराका ८ युवा व्यवसायीको लगानीमा टावर सञ्चालनमा आएको हो ।

केही महिनादेखि अनौपचारिक सेवा दिइरहेको टावरमा आइतबार सुरु भएको मेला भदौ २७ गतेसम्म चल्नेछ ।

टावरमा ८० वटा भन्दा बढी मोबाइलका होलसेट र रिटेल पसल छन् । एक्स्पोमा विभिन्न कम्पनीका मोबाइलमा

५० प्रतिशतसम्म छुट दिइएको छ । हरेक दिन लक्की ड्रका आधारमा ५ जनालाई आकर्षक उपहार र मेलाको

अन्तिम दिन ३ जनालाई विशेष उपहार दिइएको पोखरा टावरका अध्यक्ष उदय केसी लाहुरे दाइले बताए । मेलाकै

सहभागीमध्येबाट आउँदो तिहारमा १ जनालाई बम्पर उपहार स्कुटर प्रदान गरिने प्रालिले जनाएको छ ।

एक्स्पोमा ल्यापटप तथा कम्प्युटरका शोरुम, इलेक्ट्रोनिक्स ग्याजेट, आइटीका नयाँ प्रविधि आदिबारे पनि

जानकारी दिइनेछ । मेला अवधिभर टावरमा बिहान १० बजेदेखि साँझ ८ बजेसम्म चल्नेछ ।

कमेन्टहरु
Loading...