पोखरा महोत्सवमा हात्ती चढ्नेको भीड

पोखरा २ माघ / पोखराको अमरसिंह चौरमा जारी आठौ पोखरा महोत्सवमा हात्ती मुख्य आकर्षक बनेको छ । महोत्सवमा हात्ती चढेर महोत्सवको अवलोकन गर्नेको भीड समेत लाग्ने गरेको छ । कतिपय दर्शक हात्ती अवलोकनकै लागी महोत्सवमा आउने गरेका छन भने अझ रोचक कुरा त हात्तीलाई भगवान गणेशको रुपमा हेरिने भएकाले मानिसहरुले पैसा समेत चढाउने गरेका छन ।

हात्ती चढ्नकै लागी चितवन जानेका लागी पोखरा महोत्सव आयोजक युनाइटेड क्लवले यो पटकको महोत्सव हात्ती सवार गरीे अवलोकन गर्ने ब्यवस्था मिलाएर महोत्सवमा आउनेलाई चितवनको झल्को समेत दिएको आभास भएको छ । महोत्सवमा आउने प्रायजसो दर्शकहरुले हात्तीको अवलोकन संगै हात्ती सवार गर्नेको भीडनै लाग्ने गरेको महोत्सव पर्यटन ब्यवस्थापन उपसमिती संयोजक भुवन ढकालले वताए ।

अघिल्लो महोत्सवहरुमा विभिन्न जीवजनावरहरुको अवलोकन गर्ने ब्यवस्था मिलाइएको भएतापनि यो पटक फरक शैलीबाट जानुपर्छ भनेर आफुहरुले हात्ती सवार गरी महोत्सवको अवलोकन गर्ने ब्यवस्था मिलाएको ढकालको भनाइ रहेको थियो ।

महोत्सवको छैठौ दिन १५ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका छन भने ८५ लाखको कारोवार भएको महोत्सव प्रचार प्रसार संयोजक राजु श्रेष्ठले जानकारी दिए । महोत्सवमा मंगलबार लोकदोहोरी तर्फ प्रजापति पराजुली, जुना श्रीष मगर, जीवन दाहाल, शिवहरी ढुंगाना, प्रेमराज अधिकारी, लक्ष्मी सुवेदी, माधव चापागाइ, रतिमाया खड्का, शंकर पन्त, सिता परियार लगायतको प्रस्तुतीले महोत्सवमा उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेको थियो ।

मंगलबा हास्यब्यङग्य तर्फ पोखरेली माग्ने बुढा र धुर्मुसको प्रस्तुतीले दर्शकलाई हास्यब्यङग्यमार्फत मनोरन्जन प्रदान गरेभने लाइभब्याण्ड तर्फ सविन राइ एण्ड फारोहको प्रस्तुतीले युवाहरुलाई भरपुर मनोरन्जन प्रदान गरेको कलाकार ब्यवस्थापन उपसमिती संयोजक लालकाजी गुरुङले जानकारी दिए ।

मंगलबार प्रदेश स्तरिय लोक दोहोरी प्रतियोगिता अन्तर्गत कास्की र स्याङजा वीच प्रतिस्पर्धा रहयोभने बुधवार गोर्खा र स्याङजा वीच प्रतिस्पर्धा रहने छ । महोत्सवको सातौ दिन बुधवार लोकदोहोरी तर्फ राजन गुरुङ, जीवन दाहाल, कृष्ण देवकोटा, शिवहरी ढुंगाना, सरस्वती लामिछाने, पदम थापा, सरीता थापा लगाएतको प्रस्तुती रहनेछभने हास्यब्यङग्यतर्फ सापटी र घिरौलेको प्रस्तुती रहने छ । लाइभ ब्याण्डतर्फ बुधवार मन्त्र ब्याण्डको प्रस्तुती रहने छ ।

कमेन्टहरु
Loading...