पोखराको लेकसाइडमा नै खुल्यो सि फुड स्टोर

पोखरा, ९ साउन/पोखराको लेकसाइडमा समुन्द्रमा पाइने सि फुड विक्रि वितरणका लागि स्टोर खुलेको छ । ओसियन गुड्सले पोखराको फिस्टेल गेट नजिक स्टोर सञ्चालनमा ल्याएको हो ।

पोखराको लेकसाइडमा नै खुल्यो सि फुड स्टोर
पोखराको लेकसाइडमा नै खुल्यो सि फुड स्टोर

तीन जना युवाहरु मिलेर सि फुडको स्टोर सञ्चालनमा ल्याएका हुन् । लेकसाइड र पोखरालाई लक्ष्त गरेर स्टोर सञ्चालनमा ल्याएको संचालक अमृत सिग्देलले जानकारी दिए । उनी सहित सुशिल पौडेल र सन्तोष घिमिरे सञ्चालक रहेका छन् । उनले समुन्द्रमा पाइने विभिन्न थरि माछा, सि फुड, मासुका परिकार, चिज लगाएका सामग्री पाइने बताए ।

उनले विभिन्न प्रकारका ससेज पनि उपलब्ध भएको जानकारी दिए । उनले होम डेलिभरीको समेत व्यवस्था भएको जानकारी दिए । उनले १ सय ९० देखि ३ हजार सम्म मुल्य रहेको जानकारी दिए ।

कमेन्टहरु
Loading...