ओयो १५१ होटल स्नोल्याण्डको शुरुवातसँगै पोखरामा ओयोका ५ सय कोठाहरु

पोखरा, ७ कार्तिक / ओयोको होटल श्रृंखलाले पोखरामा होटल स्नोल्याण्डको उद्धघाटनसँगै बिशिष्ठ कोठाहरुको सङ्ख्या ५ सय पुर्याएको छ । ४२ कोठा भएको यो होटेलको उद्धघाटन पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले गरे ।

पोखरा प्रिमियर लिगको हस्पिटालिटि पार्टनर रहेको ओयोको यस होटेलले सो समयमा ग्राहकहरुलाई आथित्य प्रदान गर्नेछ । उचित मूल्यमा नयाँ प्रविधिबाट सन्चालित एउटा सुन्दर बस्ने ठाउँको आफ्नो मिसन अनुरुप ओयोले यो विस्तार गरेको हो ।

पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले ओयोकोे नेपालमा होटेल संचालनको यस यात्राको शुभकामना दिन चाहन्छु । नेपालका लागि ओयोका कन्ट्री हेड निशिध हलानिले नेपालमा ओयोको सुरुवात अप्रिल २०१७ बाट गरेको बताए । उनले प्रविधिको माध्यमसंगै अझै राम्रो आतिथ्य कसरी प्रदान गर्ने भन्ने बारेमा सहयोग गर्ने बताए ।

प्रविधिको सहयोगले होटेल सन्चालनमा अझ सशक्त भई उच्च गुणस्तरीय ग्राहक अनुभव प्रदान गर्न मद्दत पुगेको बताए । उनले अनलाइन र अफलाइन माध्यमबाट कर्मचारी प्रशिक्षण, बजारीकरण र उच्चस्तरीय सेवा प्रदान गर्न सहयोग गरेको बताए ।

हालको लन्चसंगै पोखरामा ओयोका कोठाहरू संख्यामा ५ सय पुगिसकेका छन् । नेपालभरि ८० भन्दा बढी होटलहरूको साथ साझेदारी गरिसकेको ओयोका १ हजार ४ भन्दा कोठाहरु दिन सक्ने छ । आरामदायी, आधुनिक सुविधायुक्त, एयरकंडीशनिंग, सफा लिनन, निस्शुल्क वाई फाई, टेलिभिजन र सुविधायुक्त कोठा प्रति रात ९ सय देखि २ हजार रुपैयामा कोठा उपलब्ध गराउने उनले बताए ।

विश्वभर ३ सय ५० भन्दा बढी शहरहरुमा होटल श्रृंखला रहेको ओयोको भारत, चीन, मलेशिया, नेपाल, यूके, यूएई, र हालैमा इन्डोनेशिया समेत गरि सात वटा देशहरुमा १२ हजार कोठा छन् ।

कमेन्टहरु
Loading...