पोखरामा अनलाइन सप फेवाबजार डटकम (www.fewabazar.com) खुल्यो

पोखरा, ७ साउन / अनलाइन सप फेवाबजार डटकम (www.fewabazar.com) ले सोमबारदेखी विक्री आरम्भ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ दीपमा मूख्य कार्यालय रहेको फेवाबजार डटकमले अनलाइन व्यापार शुरु गरेको हो । एस.आचार्य ईन्टरनेसनल प्रालिद्वारा सञ्चालित फेवाबजार डटकमको व्यापार शुभारम्भ गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति तथा सांसद दीपक कोइराला ‘रुपक’ले रिबन काटेर गरे ।

फेवाबजार डटकम अनलाईन व्यापार हो । यसले ईलेक्ट्रोनिक्स, इलेक्ट्रिकल्स, क्लोथिङ एण्ड फेसन, किचन एण्ड डाइनिङ, स्पोर्टस् एण्ड आउटडुअर्स, फर्निचर एण्ड डेकोरेसनलगायतका सबै प्रकारका सामान अनलाईनमा अर्डर लिएर घर÷घरमा पु¥याउनेछ । शुरुमा ग्राहकले घरमै बसेर फेवाबजार डटकममा गएर सामान अर्डर गर्नेछ । त्यसपछि ग्राहकले अर्डर गरेको सामान घरमै होम डेलिभरी गरिने सञ्चालक तथा कम्पनीका अध्यक्ष सुजन आचार्यले जानकारी दिए ।

यसअघी कपडा, इलेक्ट्रिकल वा फर्निचर मध्ये कुनै एकलाई बेस बनाएर अनलाइनस सप खोलिएपनि सबै सामान विक्री गर्ने उद्धेश्यले पोखरामा खोलिएको यो नै पहिलो अनलाइन सप हो । ३ करोड २५ लाखको लागतमा शुरु भएको यस अनलाइन सपले निकट भविष्यमै अन्य ४ सहरमा पनि कार्यालय स्थापना गर्ने भएको छ ।

कम्पनीका अनुसार पोखरापछि राजधानी काठमाडौंमा पहिलो शाखा कार्यालय खोलिनेछ भने ईटहरी, चितवन र नेपालगञ्जमा पनि चाँडै शाखा खोलिनेछ । कम्पनीले शुभारम्भको अवसरमा एक महिना सामान हेरेर ३ देखी ५ प्रतिशतसम्म छुट दिने जनाएको छ भने होम डेलिभरी निःशुल्क गर्ने भएको छ ।

बजारका सञ्चालक सुजन आचार्यले समान किन्न ग्राहक पसल÷पसलमा हैन, पसल ग्राहकको घर/घरमा पु¥याउने उद्धेश्यले अनलाईन सप खोलिएको बताए । अनलाइन व्यापारले मानिसको जीवनयापनलाई सहज बनाउने बताउँदै उनले अनलाइन सपमा सामान किन्दा ग्राहकको समयको बचतसँगै बजार/बजार चाहार्नुपर्ने बाध्यतापनि हट्ने दाबी गरे । साथै उनले भाटभटेनीको डिजिटल व्यवसाय फेवाबजार डटकम रहेको बताए ।

बजारको उद्घाटन कार्यक्रममा बोल्दै अर्थ तथा विकास समितिका सभापति एवम् प्रदेश सांसद दीपक कोइराला ‘रुपक’ले फेवाबजार डटकम युग सुहाउँदो व्यापार भएको बताए । स्मार्ट सिटी बनाउने, सरकारी कार्यालयलाई पेपरलेस बनाउने अभियानमा यो अनलाइन सपले सघाउने विश्वास व्यक्त गरे ।

पोखरा महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले शारीरिक परिश्रमले मात्र देश नबन्ने बताउँदै प्रविधिको उच्चतम प्रयोग गरेर समृद्धीको यात्रामा अघि बढ्न सकिने बताउँदै यसले घरमै बसीबसी सेवा पाउने वातावरण बनेको बताए । युवा व्यवसायी बालकृष्ण कोइरालाले फेवाबजार डटकम स्वरोजगारको उत्कृष्ट नमूना भएको बताए । युवा समाजसेवी विपीन आचार्यले देशको समृद्धिको यात्रामा फेवाबजार डटकमले सघाउने बताउँदै यो अन्य युवाका लागि पनि प्रेरणादायी बन्ने बताए ।

कमेन्टहरु
Loading...