निर्वाचित भएपछि लेकसाईड चौविसै घण्टा खुलाउँछौंः समावेशी व्यवसायी समूह

पोखरा, २ असोज/ पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व लिन अघि सरेको समावेशी व्यवसायी समूहले

आर्थिक क्रान्तिका लागि पर्यटनलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताएको छ । मंगलबार पर्यटकीय केन्द्र

लेकसाईडका व्यवसायीहरुको भेटमा सो समूहले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा

साकार पार्न आर्थिक क्रान्ति गर्न आवश्यक रहेको औंल्याउँदै त्यसका लागि पर्यटनलाई उद्योगको रुपमा विकास

गर्नुपर्ने बताएको हो । संघमा आबद्ध प्रत्येक उद्योगी÷व्यवसायीको घर÷घर र पसल÷पसलमा पुग्ने लक्ष्य लिएर

घरदैलो गरिरहेको दामु अधिकारी नेतृत्वको समावेशी व्यवसायी समूहले साहसीक खेलकुदलाई प्राथमिकतामा

राखेर त्यसको ब्यबस्थापन गर्न जरुरी रहेको र त्यसका लागि आफ्नो समूह लागि पर्ने प्रतिबद्धतासमेत जनाएको

छ ।

मंगलबार लेकसाइडको वराहीचोकबाट शुरु भएको घरदैलो फिस्टेलगेट, जरेवर, हल्लनचोक लगायतका क्षेत्रमा

पुगेर टुंगिएको थियो । घरदैलोका क्रममा उद्योगी÷ब्यबसायीहरुसँग बोल्दै समावेशी व्यवसायी समूहका

अध्यक्षका उम्मेद्वार दामु अधिकारीले पर्यटन क्षेत्रमा शान्ति, सुरक्षा र पूर्वाधार निर्माणका लागि आफ्नो समूहले

नेतृत्व लिने बताए । उनले भने,‘पर्यटकीय क्षेत्र शान्त हुनुपर्छ, अनि सुरक्षाको ज्ञारेन्टी गर्नुपर्छ, साथै आगामी

सन २०२२ सम्ममा २० लाख पर्यटक भित्राउने गण्डकी प्रदेश सरकारको योजना पूरा गर्न पूर्वाधार निर्माणमा जोड

दिनुपर्छ, यसका लागि हाम्रो समूहले नेतृत्वदायी भूमिका खेल्छ ।’

अध्यक्षका उम्मेद्वार अधिकारीले आफ्नो समूह बिजयी भएमा पर्यटकीय क्षेत्र लेकसाईड चौविसै घण्टा खुलाउने

प्रतिबद्धता जनाए । राती आएका पर्यटक अलपत्र पर्ने अवस्था रहेको बताउँदै उनले भने,‘पर्यटक मध्यरातमा

आएपनि बस्न÷खान पाउनुपर्छ, त्यसो भयो भनेमात्र पर्यटक आउँछन्, त्यसैले लेकसाईडसहित पर्यटकीय क्षेत्र

चौविसै घण्टा खुल्नुपर्छ, हामी निर्वाचित भएलगत्तै यसको प्रक्रिया अगाडि बढाउँछौं ।’ चौविसै घण्टा खोल्ने

भन्ने वित्तिकै नसुती काम गर्नु नपर्ने बताउँदै उनले भने,‘अहिले राती ११ नबज्दै बन्द गर भन्दै प्रहरी आउँछ,

तर हामी निर्वाचित भएपछि खोल्न चाहने व्यवसायीलाई चौविसै घण्टा खोल्ने वातावरण बनाउँछौं ।’ तर

रात्रीकालिन व्यवसाय गर्नेले अन्यलाई असर पर्ने खालका गतिविधी गर्न नदिई शान्त र सुरक्षित बनाईने उनले

प्रष्ट पारे ।

कमेन्टहरु
Loading...