व्यावसायीक सहयोग प्रवद्र्धन गर्ने सहमति

पोखरा, ८ माघ/ पोखरा चेम्बर अफ कमर्स कास्की र पाल्पा व्यापार संघका व्यावसायीक प्रतिनिधि मण्डल बीच पर्यटन प्रवद्र्धनका अलवा व्यावसायीक सहयोग आदान सहमति भएको छ ।

पाल्पा महोत्सव २०७६को प्रचार प्रसारको लागि पोखरा आएको पाल्पा व्यापार संघको टोलीको सम्मानमा चेम्बरले आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा दुबै संस्थाका प्रतिनिधिहरुबीच सहयोग आदान प्रदान गर्ने सहमति भएको पोखरा चेम्बर अफ कमर्स कास्कीका महासचिव उमराज बास्तोलाले जानकारी दिए ।

पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले तिन खम्बे अर्थ नीति अन्तर्गत आर्थिक समृद्धिको लागि नीजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताए । अध्यक्ष सुनारले भ्रमण वर्ष २०२०लाई निजी क्षेत्रको तर्फबाट रचनात्मक र सिर्जनात्मक कार्यक्रम गरेर सफल पार्ने उल्लेख गरे ।

कार्यक्रममा पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जिवी पोखरेलले कृषिको उत्पादन र पर्यटन पवद्र्धनको लागि पाल्पाको मदन पोखराको दमकडामा आगामी फागुन १ देखि १० गतेसम्म पाल्पा महोत्सव गर्ने जानकारी दिए । महोत्सवमा पाल्पाका सबै स्थानीयतहको स्टल रहने उल्लेख गर्दै अध्यक्ष पोखरेलले हरेक स्थानीय तहलाई स्टेज दिएर कृषिको उत्पादन र पर्यटन प्रवद्र्धनका गतिविधि राख्ने अवसर दिने बताए ।

कार्यक्रममा चेम्बरका उद्योग तर्फका उपाध्यक्ष गिता तिवारी गौतम र वाणिज्य तर्फका उपाध्यक्ष यमनाथ पौडेलले पाल्पा महोत्सवलाई चेम्बरले सहयोग गर्ने प्रतिवद्धता जनाए । पाल्पा व्यापार संघका सचिव परशुराम पौडेलले व्यावसायिक हक हित र सहयोग आदान प्रदानको बारेमा वोलेका थिए ।

कमेन्टहरु
Loading...