पोखरामा अल्लो प्रशोधन प्रबिधि

पोखरा, ३१ साउन /नेपाल इन्नोभेशन टेक्नोलोजी इटरप्रेनयर सेन्टर (नाइटेक) ले नेपालका विभिन्न २० वटा गाउँमा अल्लो प्रशोधन प्रविधि पु¥याउने योजना ल्याएको छ ।

प्राध्यापक अजय थापाको नेतृत्वमा पर्वतको घुरुङ्गामा अल्लो प्रशोधन प्रविधि सफल भएपछि गाउँगाउँमा विस्तार गर्न लागिएको हो ।

पोखरा विश्वविद्यालयका विद्यार्थीहरु सम्मिलित नाइटेक नामक एक संस्थाले यो प्रविधिलाई गाउँ गाउँसम्म पु¥याउन लागेको हो ।

प्रविधिको विस्तारका लागि पोखरा चाउथे स्थित रोयल पाल्म रिसोर्टमा भाद्र २ गतेदेखि हुने ६ दिनसम्म तालिम हुने नाइटेकका कार्यक्रम व्यवस्थापक रबि भण्डारीले जानकारी दिए ।

उनका अनुसार कार्यक्रममा अल्लो प्रशोधन प्रविधिबारे सीप सिकाईने छ भने बजार व्यवस्थापन, ब्यापारिक स्वरुपको निर्माण लगायत अन्य बिषयमा समेत ज्ञान दिईने छ ।

कार्यक्रमको पहिलो चरणको ३ दिन गण्डकी प्रदेश बाहिरका गाउँका स्थानीयलाई तालिम दिईनेछ भने अर्को ३ दिन गण्डकी प्रदेशका गाउँहरुका स्थानीहरुलाई प्रशिक्षण दिईनेछ ।

नाइटेकका डाइरेक्टर यौन्सिक हानले यस प्रविधिको मध्यमबाट विशेषगरी पहाडी क्षेत्रका महिलाहरुको जीवनस्तर उकासिनेमा आँफु विस्वस्त रहेको बताए ।

पोखरा विश्वविद्यालयमा आबस्थित नाईटेकले बिगत २ वर्ष देखि उपयुक्त प्रविधिको बारेमा अनुसन्धान गर्दै आएको छ । २ बर्षदेखि गरेको अनुसन्धान र निरन्तरको विकास पछि अल्लो पकाउने, कुट्ने र धुने प्रबिघी घुरुङ्गामा सफल परिक्षण भएको थियो ।

यसको उपयोगको परिक्षण गर्न पर्वतको सालिजा गाउँबाट १४ बर्षदेखि अल्लो प्रशोधनबारे काम गरेका ३ जना महिलाहरुलाई यो प्रबिधि प्रयोग गर्न दिईएको थियो ।

स्थानीय भाषामा अल्लो भन्नाले एकप्रकारको सिस्नो जस्तै बनस्पती हो । यनेपालको पहाडी भूभागका जङ्गलहरूका खुल्ला स्थान, खोला तथा बाटोको छेउछाउका ओसिलो स्थानमा पाईन्छ । बहुवर्षीय पोथ्रा वर्गमा पर्ने यो वनस्पति ३ मिटरसम्म अग्लो हुने गर्दछ ।

सिस्नो जस्तै देखिए पनि अल्लो १२ सय मिटरभन्दा माथिको भूभागमा पाईन्छ । वनस्पतिको जमिन माथिको भाग मसिना तिखा विषालु काँडाहरूले ढाकेको हुन्छ ।

काण्डको बोक्राबाट प्राप्तहुने रेसा नरम, बलियो र चम्किलो हुने भएकोले यसको रेसा धागो उत्पादनमा प्रयोग गरिन्छ । अल्लो धागोबाट जुत्तादेखि टोपीसम्मका विभिन्न कपडा,झोला लगायतका सामाग्रीहरु तयार पार्न सकिन्छ ।

कमेन्टहरु
Loading...