पोखरा विमानस्थनल ४ वर्षमा सक्ने सरकारको घोषणा, ५ अर्ब बजेट

पोखरा १५ जेठ /पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न आगामी चार बर्ष भित्र पूरा गरिने बजेट भाषणबाट घोषणा गरेको छ ।

पोखरा विमानस्थलका लागि ५ अर्व बजेट सरकारले छुटाएको छ । बैशाख १ गते शिलान्यास गरिएको विमानस्थल निर्माणको काम चार बर्ष भित्र सम्पन्न गरिने सरकारले जनाएको छ ।

शनिवार अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण मार्फत चार बर्ष भित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य पूरा गर्ने र त्यसको लागि यो आर्थिक बर्ष पाँच अर्व बजेट विनियोजन गरिएको बताए । विमानस्थल शिलान्यास भएपनि सहायक ऋण सम्झौता नहुदा निर्माण कार्य आगडी बढ्न सकेको छैन ।

नयाँ आर्थिक वर्षको बजेटमा भैरहवा विमानस्थलका लागि ७ अर्ब २२ करोड विनियोजन गरिएको छ । भैरहवा विमानस्थल आगामी ०७४ माघदेखि सञ्चालनमा ल्याइने घोषणा गरिएको छ । त्यसैगरी निजगढ विमानस्थल निर्माणका लागि १ अर्ब ५० करोड छुट्याइएको छ ।

कमेन्टहरु
Loading...