पोखरा उद्योग वाणिज्य संघ प्रजू प्यानलद्धारा उमेद्वारी दर्ता

पोखरा, २५ भदौ / आर्थिक समृद्धिका लागि उद्योग व्यवसायको प्रगति भन्ने उद्घोषका साथ रवीन्द्रबहादुर

प्रजूको नेतृत्वको प्यानलले पोखरा उद्योग वाणिज्य संघमा उमेद्वारी दर्ता गराएको छ । पोखराको

चिप्लेढुंगाबाट बाजागाजा सहित ¥याली निकालेर पोखरा उद्योग वाणिज्य संघमा पुगी उमेद्वारी दर्ता गराएको

हो ।

यस प्यानलबाट हाल बरिष्ठ उपाध्यक्ष रहेका रवीन्द्रबहादुर प्रजुले पोखरा उद्योग वाणिज्य संघको आगामी

कार्यकालको लागि अध्यक्षमा तथा अघिल्लो महाधिवेशनमा अध्यक्षका प्रत्याशी तथा यस अघि संघको

महासचिव भै काम गरिसकेका नारायण कोइरालाले वरिष्ठ उपाध्यक्ष पदमा उमेद्वारी दर्ता गराएका छन् ।

त्यसैगरी हाल उद्योगको उपाध्यक्ष रहेकी विन्दु कोइराला सुवेदीले आगामी कार्यकालको लागि पनि सोही पद

अर्थात उद्योग उपाध्यक्षमा नै उमेद्वारी दिएकी छन् । हाल बाणिज्य उपाध्यक्ष रहेका पवन प्रजापतिले पनि

आगामी कार्यकालको लागि सोही पदमा उमेद्वारी दर्ता गराएका छन् भने उपमहासचिव पदमा रहेका अर्जुन

पोखरेलले महासचिव पदमा उमेद्वारी दर्ता गराएका छन् ।

कार्यसमितिको सदस्य सुरेद्रमान विजुक्छेले आगामी कार्यकालको लागि कोषाध्यक्ष पदमा र चिनुकुमारी

गुरुङ्गले उपमहासचिव पदमा उमेद्वारी दिएका छन् ।

प्रजू प्यानलबाट कार्यसमितिको सदस्यको लागि बलराम आचार्य, केशवबहादुर खत्री, दिनेशचन्द्र बाँस्तोला,

कुमारी मुना बाँस्तोला, कीर्तिबल्लभ त्रिपाठी, बुद्धिबहादुर गहतराज, ऋषिराम भण्डारी, रामप्रसाद गौतम, शोभा

गौतम र रामेश्वर अधिकारीले उमेद्वारी दर्ता गराएका छन् ।

त्यसैगरी वस्तुगत संघतर्फ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीका अध्यक्ष शिवराज

बाँस्तोला, अधिकृत विक्रेता संघका अध्यक्ष हरिराज पन्त, पोखरा हार्डवयर एशोसिएसनका अध्यक्ष राजेशनाथ

गुप्ता, नेपाल सुनचाँदी व्यवसायी संघको तर्फबाट रञ्जन बुद्धाचार्यले कार्यसमिति सदस्य पदका लागि उमेद्वारी

दिएका छन् ।

कमेन्टहरु
Loading...