राष्ट्रिय औद्योगिक ब्यापार मेलाको तयारी तीव्र, विभिन्न उपसमितिहरु गठन

पोखरा, ३ पुस । पोखरा उद्योग बाणिज्य संघले आउँदो माघको ९ देखि २० गतेसम्म आयोजना गर्ने राष्ट्रिय औद्योगिक ब्यापार मेला–२०७० को तयारी तीव्र पारेको छ । लगानीको सम्वद्र्धन, उद्योग ब्यवसायको प्रवद्र्धन भन्ने मूल नाराका साथ पोखरा–९ , प्रदर्शनी केन्द्रमा आयोजना हुने मेला सम्पन्न गर्न संघका अध्यक्ष संजिवबहादुर कोइरालाको संयोजकत्वमा मूल आयोजक समिति तथा कार्यसम्पादन समिति गठन भएको छ । यसैगरी संघको मंसिर ३० गते बसेको कार्यसमिति बैठकले मेला सम्पन्न गर्न विभिन्न उपसमितिहरु पनि गठन गरेको महासचिव नारायण कोइरालाले जानकारी दिनुभयो ।उहाँका अनुसार बैठकले प्रकाशन तथा उपहार ब्यवस्थापन उपसमिति संयोजकमा कार्यसमिति सदस्य दिलिप सुवेदी, वाल उद्यान उपसमिति संयोजकमा कार्यसमिति सदस्य बलराम पहारी, टिकट ब्यवस्थापन उपसमितिमा संयोजकमा कार्यसमिति सदस्य पवनकुमार प्रजापति, स्वास्थ ब्यवस्थापन उपसमिति संयोजकमा कार्यसमिति सदस्य रामबहादुर बसेल, सुरक्षा ब्यवस्थापन उपसमिति संयोजकमा कार्यसमिति सदस्य धनीराम बराल, खानेपानी तथा वातावरण ब्यवस्थापन उपसमिति संयोजकमा कार्यसमिति सदस्य देव क्षेत्री, पुष्प, कृषि तथा हस्तकला ब्यवस्थापन उपसमिति संयोजकमा कार्यसमिति सदस्य विन्दु कोइराला सुवेदी, पार्किङ ब्यवस्थापन उपसमिति संयोजकमा कार्यसमिति सदस्य मीनराज काफ्ले, स्टेज तथा मूलद्धार ब्यवस्थापन उपसमिति संयोजकमा कार्यसमिति सदस्य प्रकाशदेव पालिखे, अतिथी ब्यवस्थापन उपसमिति संयोजकमा संघका निवर्तमान अध्यक्ष कृष्णमोहन श्रेष्ठ र मूल्याङ्कन उपसमिति संयोजकमा संघका सल्लाकार तथा पूर्व अध्यक्ष राजेन्द्रकुमार लालचन चयन हुनुभएको छ ।

संघले यस अघी नै प्रायोजक ब्यवस्थापन उपसमिति संयोजकमा संघका प्रथम उपाध्यक्ष विन्दुकुमार थापा, स्टल ब्यवस्थापन उपसमिति संंयोजकमा द्धितीय उपाध्यक्ष ईश्वर कर्माचार्य, प्रचार प्रसार उपसमिति संयोजकमा महासचिव नारायण कोइराला, ब्यानर ब्यवस्थापन उपसमिति संयोजकमा संघका उपमहासचिव श्रीमति हीरा भट्टराई, आर्थिक ब्यवस्थापन उपसमिति संयोजकमा कोषाध्यक्ष रविन्द्रबहादुर प्रजु र साँस्कृतिक कार्यक्रम ब्यवस्थापन उपसमिति संयोजकमा कार्यसमिति सदस्य दामु अधिकारीलाई जिम्मेवारी प्रदान गरिसकेको थियो ।
संघले ऐतिहासिक महत्व बोकेको तर पछिल्लो सहरीकरणले पछाडि परेको सिद्धार्थ चोकदेखि नालामुख चोकसम्मको क्षेत्रमा ब्यवसायीक गतिविधी बढाउनका निम्ति कार्यसमिति सदस्य पवनकुृमार प्रजापतिको संयोजकत्वमा बजार पुनस्र्थापन उपसमिति पनि गठन गरेको छ । सो समितिले सो क्षेत्रको ब्यवसायीक संभावनाको अध्ययन गरी संघलाई सुझाव पेश गर्नेछ ।

कमेन्टहरु
Loading...