पोखरा औद्योगिक व्यापार सकियो, करिब ९ करोडको कारोवार

पोखरा, २१ माघ/पोखरामा आयोजित राष्टिय औद्योगिक व्यापार मेला २०७० सोमवार विधिवत रुपमा सकिएको छ । १२ दिने मेला माघ ९ गतेवाट सुरु भएको थियो । मेलामा करीव ९ करोडको कारोवार भएको आयोजकहरुले दावी गरेका छन् । त्यसै गरि मेलामा करिब १ लाख २५ हजार जनाले मेलाको अवलोकन गरेको मेला प्रचार प्रसार समिति संयोजक तथा आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका महासचिव नारायण कोइरालाले जानकारी दिए ।

लगानीको सम्वद्र्धन, उद्योग व्यवसायको प्रवद्र्धन भन्ने नाराका साथ मेला आयोजना गरिएको थियो । मेला आफ्नो उद्धेश्यमा सफल भएको मेला मूल आयोजक समितिका संयोजक तथा संघका अध्यक्ष संजीव वहादुर कोइरालाले दावी गरे । मेलाको समापनको अवसरमा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लोकदर्शन रेग्मीले सुदृढ सडक सञ्जाल को निर्माण, औद्योगिकरण, प्राकृतिक सम्पदाको संरक्षण तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानीले मात्र पोखराको विकास हुने वताए ।

राष्ट्रिय औद्योगिक ब्यापार मेला– पोखरामा राखिएको गाउँले घर
राष्ट्रिय औद्योगिक ब्यापार मेला– पोखरामा राखिएको गाउँले घर

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं गण्डकी अञ्चल प्रतिनिधि चोपनारायण श्रेष्ठले पोखरा र समग्र पश्चिमाञ्चलको विकासका निम्ति पश्चिमाञ्चलवासीहरु एक हुनु पर्नेमा जोड दिए । कार्यक्रममा संघका पूर्व अध्यक्ष असोक पालीखे, राजेन्द्रकुमार लालचन, द्धितिय उपाध्यक्ष ईश्वर कर्माचार्य, महासचिव नारायण कोइराला, नेपाल पर्यटन वोर्डका सदस्य टिकाराम सापकोटा, राष्ट्रिय रोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय सदस्य चोलेन्दं्र पौडेल लगाएतले मेलाले पोखरा विकासमा टेवा पु¥याएको बताएका थिए ।

संघले मेला समापनको अवसरमा उत्कृष्ट व्यवसायी सम्मानवाट सनराइज प्याराग्लाइडिङका प्रोपाइटर विरु वमजनलाई सम्मान भए । पोखरा उद्योग वाणिज्य संघले नेपाल उद्योग बाणिज्य महासंघसँगको सहकार्यमा एवं पोखरा उपमहानगरपालिका, पोखरा उपत्यका नगर विकास समिति, जिल्ला विकास समिति कास्कीको सहयोग ,नेपाल पर्यटन वोर्ड र युएन ह्याविट्याटको प्रवद्र्धन, नारायणी सिमेन्ट उद्योग प्रालिको उत्पादन त्रिशक्ति सिमेन्टको मूख्य प्रायोजन,राष्ट्रिय बाणिज्य वैंक तथा युनाइटेड स्प्रिटको प्रोयोजनमा मेला आयोजना गरेको हो ।

कमेन्टहरु
Loading...